चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एक धर्मले अर्को धर्मलाई गर्ने शासनको अन्त्य भएको बताउनु भएको छ ।
ईदुल अज्हा बकरइद २०७९ को अवसरमा आज भरतपुर–१६ जामिया रौयद आबुल हसन आली नढबीले आयोजना गरको शुभकामना आदन प्रदान कार्यक्रममा मेयर दाहालले यस्तो बताउनु भएको हो ।
विगतमा धर्म मान्ने जनसंख्याको आधारमा न्युन जनसंख्या भएका धर्मावलम्बीहरुलाई शासन गर्ने परिपाटी भएपनि अहिले त्यो अन्त्य भएर गएको उल्लेख गर्नुभयो ।
यो सबै परिवर्तन जनयुद्धको जगमा स्थापना भएको संघिय गणतन्त्रको सुन्दर पक्ष रहेको मेयर दाहालले दाबी गर्नुभयो ।
विज्ञापन
नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषण गरेसँगै सबै धर्मालम्बीहरु बीच धार्मिक सहिषुणता कामय भई भाईचारको सम्बन्ध स्थापित भएको उहाँको भनाई थियो ।
‘यहाँ धर्मको आधारमा सानो ठूलो कोही छैन,उहाँले भन्नुभयो,‘ सबै धर्म मान्नेहरु समान हुन् । के हिन्दु, के बौद्ध, के मुस्लिम, के ईसाई । सबै धर्मले दिने सन्देश एउटै हो ।’
भरतपुर महानगरपालिकाले मुस्लिम समुदायको अध्ययन र पुजा पाठको लागि मदरसा र मस्जित निर्माणका लागि वर्षेनी बजेट विनियोजन गर्दै आइरहेको पनि मेयर दाहालको भनाई छ ।
नेपाल बहुल भाषा, संस्कृति, धर्मको अनुपम स्थल हो, सबैले आफ्नो भाषा, संस्कृति, रितिरिवाजलाई स्वतन्त्र ढङगबाट मान्न पाउनुपर्ने उहाँको धाराणा थियो ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु