सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • सडक बनाउँदा गुणस्तरमा ध्यान दिँदै कडाइका साथ अनुगमन गरिनेछ : मेयर शाह
समाचार

सडक बनाउँदा गुणस्तरमा ध्यान दिँदै कडाइका साथ अनुगमन गरिनेछ : मेयर शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सडक निर्माण गर्दा गुणस्तरमा ध्यान दिँदै कडाइका साथ अनुगमन गरिने बताएका छन्।

उनले निर्माण व्यवसायीलाई टेन्डर भर्दा कम रेटमा नभरी गुणस्तरमा ध्यान दिन आग्रह गरेका छन्।

विज्ञापन

‘हाम्रा निर्माण व्यवसायीहरूलाई पनि आह्वान गर्न चाहन्छु कि काठमाडौं महानगरपालिकाको अनुगमन अब निकै कडाइका रुपमा हुने छ’, उनले भनेका छन्, ‘क्वालिटीमा ध्यान दिइने छ, क्वान्टिटीमा ध्यान दिइने छ। त्यही भएर धेरै कम रेटमा चाहिँ टेन्डर नभरी दिनुहोला।’

विज्ञापन

महँगो भए पनि सडक विभागको गुणस्तर कायम गरी सडक बनाइनुपर्ने बालेन्द्रको भनाइ छ। ‘हामीले पनि सडक विभागकै क्वालिटी मेन्टेन गर्नलाई थोरै महँगो परे पनि त्यही क्वालिटीका सडकहरु बनाइनुपर्छ र अनुगमन कडाइका साथ भयो भने यी समस्याहरु समाधान हुन जान्छ’, उनले भनेका छन्।

कम रकमा टेन्डर भरेकाले काम गर्न नसक्ने बताउँदै उनले त्यसबारे पुनर्विचार हुने जानकारी दिएका छन्।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस