भरतपुर महानगरपालिकाले ५ वर्षमा ६२२ किलोमिटर कालोपत्रे गरेकी छन्। महानगरले ५ वर्षमा ४५० किलोमिटर सडक ग्रावेल गरिएको हो।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतगर्दै मेयर रेणु दाहालले भरतपुरले महानगरिय रिङरोड, लिंकरोड, वाइपास रोड स्तरोन्नति निर्माण कार्य अघि बहिरहेको बताइन्।
विज्ञापन
महानगरले १४ वटा वडा कार्यालयको भवन निर्माण सम्पन्न र ६ वटा वडा कार्यलयका तला थप गरिएको छ।
विज्ञापन
नेपालकै पहिलो सबैभन्दा लामो ८८.६ किलोमिटरको भरतपुर महानगरीय चक्रपथ ८ अर्ब २० करोडको लागत रहने गरी प्रारम्भिकवातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदन तयार भई ४०.५५ किलोमिटर निर्माणाधीन अवस्थामा रहेको उल्लेख गरेको छ।
विगत ५ वर्षको अवधिमा ६०० वटा साना सिँचाइ र ८० वटा मझौला सिँचाइ सम्पन्न गरी ८०० बघिा क्षेत्रफलमा बाह्रै महिना सिँचाइको सुनिश्चितता गरिएको छ।
फेसबुक प्रतिक्रियाहरु