काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीको उम्मेदवार तय गरेर आफ्नो दलले आगामी चुनावमा भाग लिने बताएका छन । सञ्चारकर्म छाडेर राजनीतिमा आएका लामिछानेले मंगलबार मात्र दलको घोषणा गरेका हुन् ।
उनले निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन पनि दिएका छन् । लामिछानेका अनुसार दलको सभापति उनी आफैं छन् । दलमा उनीसहित २१ पदाधिकारी रहेको भने पनि उनले अरु पदाधिकारीको नाम भने खुलाउन चोहनन् ।
विज्ञापन
उनले भने, ‘दल दर्ता प्रयोजनका लागि पदाधिकारीहरु राखेका छौं । देशले चिनेका होइनन्, देशलाई चिन्नेहरु छन् । दल दर्ताका लागि निवेदन दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले आफ्नो दल प्रधानमन्त्रीको उम्मेदवारसहित चुनावमा जाने बताए ।
विज्ञापन
उनले अघि भने, ‘प्राइमरीबाट प्रधानमन्त्रीको उम्मेदवार चुन्छौं र प्रधानमन्त्रीले आफ्नो मन्त्रीहरुको टिम बनाउँछ । त्यही लिएर हामी चुनावमा जान्छौं ।
फेसबुक प्रतिक्रियाहरु