प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले सामाजिक सञ्जाल परिचालन गरेर चुनाव जितेको आरोप लगाइरहँदा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भने चुनावको समयमा सामाजिक सञ्जालमा एक रुपैयाँ पनि खर्च नभएको विवरण सार्वजनिक गरेका छन् ।
विज्ञापन
निर्वाचनमा कूल तीन लाख चौरानब्बे हजार चार सय उनान्नब्बे रुपैयाँ खर्च भएको विवरण पेस गरेका शाहले सामाजिक सञ्जाल प्रचार शीर्षकमा शून्य खर्च भएको विवरण पेस गरेका हुन् । नेपाली काँग्रेसकी नेतृ राणाले शाहले सोसल मिडियाको प्रभावकारी परिचालन गरेर काठमाडौँ महानगरपालिकाको मेयर बन्न सफल भएको टिप्पणी गरेकी थिइन् ।
विज्ञापन
याे पनि
बालेनको चुनावी खर्च ३ लाख ९४ हजार !
नेपाल तरुण दलले सोमबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेतृ देउवाले रुटिन अफ नेपाल बन्द कन्सल्टेन्सी शाहले कतिमा हायर गर्नुभयो ? भनेर प्रश्न समेत गरिन् । ठूलो फ्लोअर भएको रुटिन अफ नेपाल बन्दलाई परिचालन गरेर स्वतन्त्रतर्फका उम्मेदवार शाह मेयर बन्न सफल भएको उनको भनाइ थियो ।
यस्तो छ शाहको खर्च विवरण :
फेसबुक प्रतिक्रियाहरु