काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले राष्ट्रपतिको ठाउँमा राजा ल्याउँन माग गरेका छन् ।
मुलुकको अवस्था र व्यवस्था परिर्वतन गर्न राजनीतिले देशको विकास र बिनास गर्ने भएकोले अब संघको चुनाव तयारी गर्ने बताएका छन् ।
विज्ञापन
अहिले आएको बजेट नेपाली जनताको हितमा नआएको बरु सरकार व्यवसायीसँग मिलेर मूल्य वृद्धि गरेको र सरकारमा बसेकाहरुले केही व्यवसायीहरुलाई चुनावी खर्च उठाउनको लागि मूल्य वुद्धि गर्न दिएको बताएका छन् ।
विज्ञापन
स्थानीय तहमा स्वतन्त्रले जित्यो भने धेरै काम गर्ने अहिलेको व्यवस्था गलत भएको आफुहरुले स्थानीय चुनावमा कम उम्मेदवार खडा गरेको बताए ।
उनले भने– हामीले अहिले चुनाव जितेर गएपछि, हामीले सदनमा केही बहुमत ल्याउँन सकौं भने वा अन्य हामी जस्तै जसले प्रदेश चाहिदैन भन्नेहरुको पनि केही सिट आयो भने एकता गरेर प्रदेश खारेज नै गर्ने हो ।
स्थानीय तहको चुनावमा मध्य नजर गर्ने हो भने राप्रपा राष्ट्रिय पार्टी हुने र धेरै परिर्वतन भएको निर्वाचन प्रक्रिया गलत भएको र संघको चुनावमा सोचेको जस्तो परिणाम आउने उनको भनाई छ ।
यो संसदमा व्यक्तिले जितेर गए पनि केही परिर्वतन नहुने अहिलेको प्रधानमन्त्री व्यापारी र विदेशीहरुले बनाउने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चाहिने यो देशको अस्तित्व चाहिने उनले बताएका छन् ।
उनले भने– के हामी नेपालीको सम्मान एउटा राष्ट्रपतिले अर्को देशबाट ल्याउन सक्छन ? सक्दैनन्, राष्ट्रपतिको ठाउँमा राजा राख्दिम राजा ल्याउँ इज्जत, प्रतिष्ठा र सम्मान ल्याउँछन्, राष्ट्रपति कुनै पनि दलको हुन्छ, उनले भने ।
फेसबुक प्रतिक्रियाहरु