सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • एकीकृत समाजवादीको निष्कर्ष– कांग्रेस र माओवादीमा ‘स्वार्थी भावना’ देखियो
समाचार

एकीकृत समाजवादीको निष्कर्ष– कांग्रेस र माओवादीमा ‘स्वार्थी भावना’ देखियो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सत्ता सहयात्री दलहरू नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)मा ‘स्वार्थी भावना’ रहेको निष्कर्ष निकालेको छ । मंगलबार स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पेस गरेको स्थानीय चुनावको समीक्षा प्रतिवदेनमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धनलाई आफ्नो हितका लागि मात्र प्रयोग गरेको उल्लेख छ ।

गठबन्धनभित्र देखापरेका समस्या उपशीर्षभित्र लेखिएको छ, “गठबन्धनलाई आफ्नो हितमा मात्र प्रयोग गर्न चाहनु, यो प्रवृत्ति नेपाली कांग्रेस र माओवादी केन्द्रमा बढी मात्रमा देखियो ।”

विज्ञापन

 

विज्ञापन

अरू समस्याका रूपमा प्रतिवेदनमा विभिन्न छ प्रकारका समस्या उल्लेख गरिएको छ । “पहिलो, गठबन्धन गर्न नै नचाहने । दोस्रो, गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्ने । तेस्रो, गठबन्धनभित्र उपगठबन्धन गर्ने । चौँथो, गठबन्धन भएका स्थानमा इमान्दारीपूर्वक भोट नहाल्ने । पाँचौ, गठबन्धनबाहिरका दलसँग चुनावी तालमेल गर्ने । छैटौँ, गठबन्धनमा रहेका दलहरूमा सहकार्यको भावना ज्यादै कम्जोर हुनु ।”

पार्टीभित्र पनि समस्या देखिएको प्रतिवदेनमा उल्लेख छ । एकीकृत समाजवादीले प्रमुख प्राविधिक समस्याका रूपमा मतपत्रलाई मानेको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस