सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • अमेरिकाद्वारा प्रस्तावित एसपीपी सम्झौता गरिए परराष्ट्र नीति नै ध्वस्त भएर जान्छ : भीम रावल
समाचार

अमेरिकाद्वारा प्रस्तावित एसपीपी सम्झौता गरिए परराष्ट्र नीति नै ध्वस्त भएर जान्छ : भीम रावल

काठमाडौं । नेकपा (एमाले)का सांसद भीम रावलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता गरिए देशको परराष्ट्र नीति नै ध्वस्त भएर जाने बताए । आफूहरुले एमसीसी पारित गर्दा नै नेपाललाई अमेरिकी हिन्द प्रशान्त रणनीतिको अंग बनाएर नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई ध्वस्त गर्ने काम हुदैछ भन्ने आशंका गरेको उल्लेख गर्दै उनले एसपीपीको दफाहरु र घटनाक्रमहरुले पनि त्यतै संकेत गरेको उनको भनाइ छ ।

मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सांसद रावलले यसको विषयमा सरकारले यथार्थ स्पष्ट गराउनुपर्ने बताए । उनले भने, ‘यदी त्यस्तोमा नेपालले प्रवेश गर्ने हो भने नेपालको संविधानको धारा ५१ को ड र अरु २७९(दुई सय उनासी), अरु सबै हाम्रो जुन अहिले असंलग्न स्वतन्त्र परराष्ट्र नीति हो, जो संयुक्त राष्ट्रसंघको वडापत्रमा आधारित छ । असंलग्न पञ्चशीलका सिद्धान्तमा आधारित छ । हामी चिन र भारतजस्ता विशाल देशमा रहेको जुन प्रकारको संवेदनशील भू–राजनीतिमा छौँ । यो देशको सम्पूर्ण रुपमा परराष्ट्र नीति नै ध्वस्त भएर जान्छ ।’

विज्ञापन

उनले थपे, ‘त्यस्तो गम्भीर कुरा बाहिर आएको छ । यो विषय नेपालजस्तो देशको लागि अत्यन्त गम्भीर विषय छ । यदी यस्तो हो भने त नेपाललाई एउटा सैनिक गठबन्धनतिर लैजाने र एमसीसी पारित गर्दाका बखत हामीले गम्भीर आशंका गरेका थियौँ नेपाललाई अमेरिकी हिन्द प्रशान्त रणनीतिको अंग बनाएर नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई ध्वस्त गर्ने, यो राष्ट्रको दीर्घकालीन अस्मिता, स्वतन्त्रता, स्वाधीनतामाथि आँच पु¥याउने यस्तोखालको राष्ट्रहित विरोधी काम हुँदैछ र यसका कतिपय दफाहरुले त्यसतर्फ संकेत गर्छन् भनेर हामीले जुन कुरा उठाएका थियौँ, अहिले घटनाक्रमहरुले त्यो कुरातर्फ संकेत गरिरहेका छन् र त्यो कुरा दिनदिनै अझ प्रवल रुपमा अगाडि देखा पर्दै आएको छ । यस विषयमा नेपाल सरकारले जनतालई स्पष्ट पार्नुपर्छ । नेपालको स्वतन्त्र परराष्ट्र नीतिमाथि आँच पु¥याउने यस्तो कुरा कदापी स्वीकार्य हुन सक्दैन ।’

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस