सोमवार, फाल्गुन १७, २०८२
  • होमपेज
  • समाचार
  • नेपालमा प्रदेश सरकारकाे आवश्यकता छैन : कमल थापा
समाचार

नेपालमा प्रदेश सरकारकाे आवश्यकता छैन : कमल थापा

Renu Dahal

कास्की । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा दुई तहकाे सङ्घीय संरचना आवश्यक रहेको बताउनुभएकाे छ । राप्रपा नेपाल गण्डकीले आज सोमवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले यस्ताे बताउनुभएकाे हाे ।

केन्द्रीय सरकार बलियो र पालिकाले पर्याप्त अधिकार पाएका कारण प्रदेश सरकारको आवश्यकता नरहेको उहाँकाे भनाइ थियाे । उहाँले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताउनुभयाे ।

विज्ञापन

अध्यक्ष थापाले गणतन्त्र स्थापनापछिको १५ वर्षको अनुभवलाई हेर्दा नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रता, समानतासहितको हिन्दू राष्ट्र बनाउनुपर्ने बताउनुभयाे । उहाँले अब राजसंस्थाको स्थापना सम्भव नभएको बताउँदै भन्नुभयाे, ‘पूर्वराजा ज्ञानेन्द्र साहको सकारात्मक भूमिका भएको भए राजसंस्था फर्किन सक्थ्यो । हामी राजसंस्थाको वकालत गर्दै देशव्यापी रूपमा परिचालित भयौँ तर राजाको सकारात्मक भूमिका भएन, उल्टो राजनीतिक दलसँग झन् दुरी बढाउने काम भयो, अब राजसंस्थाको स्थापना सम्भव छैन ।’

विज्ञापन

अध्यक्ष थापाले राप्रपा र राप्रपा नेपालले राजसंस्थाको वकालत गर्दा पूर्वराजाले सकारात्मक भूमिका खेल्न नसकेको भनी आलोचना पनि गर्नुभयाे ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस