शनिबार, मंसिर १५, २०८१
  • होमपेज
  • समाचार
  • जनताको संरक्षण गर्न नसक्ने तपाइँहरूलाई कुर्सीमा बस्ने अधिकार छैन – सांसद गंगा चौधरी
समाचार

जनताको संरक्षण गर्न नसक्ने तपाइँहरूलाई कुर्सीमा बस्ने अधिकार छैन – सांसद गंगा चौधरी

काठमाडौैं।सांसद गंगा चौधरीले जनताको संरक्षण गर्न नससकेको भन्दै मन्त्रीहरुलाई कुर्सीमा बस्ने अधिकार नरहेको बताएकी छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा उनले थारू समुदायको संरक्षण र संविधानप्रदत्त अधिकारसमेत दिएको आरोप लगाउँदै मन्त्रीहरूलाई मन्त्रीको कुर्सीमा बस्ने अधिकार नै नरहेको बताइन् ।

विज्ञापन

राजनीति सिद्धान्त, दायित्व र मौलिक हकबारे संविधानमा हेर्न आग्रह गर्दै उनले विभागीय मन्त्रीहरूलाई जिम्मेवारीको कुर्सीमा बस्ने अधिकार र हैसियत नै नभएको बताइन् ।

विज्ञापन

‘विभागीय मन्त्रीज्यूहरू, तपाइँहरू के गरेर कुर्सीमा बस्नुभएको छ । जनताको संरक्षण गर्न सक्नुहुन्न भने तपाइँहरूको कर्सीमा बस्ने हक अधिकार र हैसियत पनि छै्रन,’ उनले भनिन् ।

थारू समुदाय नेपाली नागरिक होइन र भन्दै प्रश्न गर्दै उनले थारूमाथि नै राज्यबाट अन्याय भएको बताइन् । न्युज कारखाना

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस