शनिबार, भदौ २०, २०८२
  • होमपेज
  • समाचार
  • एमाले सांसदले रामकुमारी झाँक्रीले लगाएको लिपस्टिक प्रसंग निकालेपछि…
समाचार

एमाले सांसदले रामकुमारी झाँक्रीले लगाएको लिपस्टिक प्रसंग निकालेपछि…

नेकपा एमालेकी एक सांसदले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले लगाएको लिपस्टिकको प्रसंग निकालेपछि नेकपा (एस)ले नियमापत्ति गरेको छ ।

प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकअन्तर्गत शहरी विकास मन्त्रालयको छलफलका क्रममा एमाले सांसद गंगा चौधरी सत्गौवाले झाँक्रीले लगाएको लिपस्टिकको चर्चा गरेकी थिइन् ।

विज्ञापन

झाँक्रीको नामै नलिई उनले स्मार्टसिटी बनाउने कुरा शहरी विकासमन्त्रीले ओठमा लिपस्टिक लगाएको जस्तो नभएको टिप्पणी गरेकी थिइन् । ‘शहरी विकासमन्त्रीको कुरा जोड्न चाहन्छु, ओठमा लिपस्टिक लगाएर जति सुन्दरी बन्न चाहनुहुन्छ, त्यो भन्दा धेरै स्मार्ट सिटी बनाउने दायित्व छ,’ चौधरीले भनिन्, ‘आज काठमाडौं शहरमा दुर्गन्ध फैलिएको छ, तपाईंलाई त्यति पनि ज्ञान छैन, दाङको घोराही गएर हेर्नुस् । २० करोडको लागतमा फोहरबाट वैकल्पिक ऊर्जा उत्पादन भइसकेको छ ।’

विज्ञापन

सांसद चौधरीले कागजको खोष्टोमा लेख्दैमा स्मार्ट सिटी नबन्ने टिप्पणी गरिन् ।

चौधरी बोल्दा ख्याल नगरेका नेकपा एसका सांसदले दुई जना सदस्य बोलेपछि नियमापत्ति गरेका थिए । नेकपा (एस)की सांसद निरादेवी जैरुले व्यक्ति विशेषलाई लिएर घोचपेच गर्ने अंगीकार सांसदलाई नरहेको बताइन् ।

आगामी दिनमा पनि संसदमा त्यस्ता शब्द नबोल्न भन्दै उनले चौधरीले बोलेको कुरा संसदको रेकर्डबाट हटाउन माग गरिन् । ‘माननीय अंजना विशंखे भन्दा पहिला बोल्ने माननीयले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई व्यक्तिगत रुपमा घोचपेच गरेकोले त्यो रेकर्ड हटाउन माग गर्छु,’ जैरुले भनिन् ।

बैठकको अध्यक्षता गरिरहेकी पुष्पा कर्ण कायस्थले ध्याानकर्षण भएको बताइन् । ‘माननीयले उठाउनु भएको विषयमा मेरो ध्यानाकर्षण भएको छ,’ सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गरेकी कर्णले भनिन् ।

जैरुले अञ्जना विशंखे भन्दा पहिला बोलेको भने पनि विशंखे भन्दा पहिला कांग्रेसकी डिला संग्रौला र त्यो भन्दा पहिले चौधरी बोलेकी थिइन् । यसअघि प्रतिनिधि सभा बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले एमाले अध्यक्ष केपी ओलीको सम्बोधनलाई कुण्ठा र रोदन भनेपछि एमालेले संसद बैठक अवरुद्ध गरेको थियो ।

मन्त्री बडूको त्यो सम्बोधनलाई असंसदीय भन्दै हटाइएको थियो । संसदमा कुनै व्यक्तिको हाउभाउलाई लिएर बोल्नुलाई असंसदीय मानिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस