काठमाडौं । नेकपा एमाले सांसद गोकर्ण विष्टले अहिलेको पुस्ता विकासको गफ गर्दागर्दै समाप्त हुने अवस्थामा पुगेको बताएका छन् । प्रतिनिधि सभामा ऊर्जा मन्त्रालयको बजेटमाथि संशोधन प्रस्ताव प्रस्तुत गर्दै सांसद विष्टले एक शताब्दी लामो विद्युत् उत्पादनको परिणाम हेर्दा र अहिले सरकार प्रस्तुत गरेको बजेटले त्यस्तो शंका उत्पन्न गराएको बताए ।
‘२०१९ मै चीनले २० लाख मेगावाट बिजुली उत्पादित छ । भारतमा २०२२ को तथ्याकंले करिब ४ लाख मेगावाट पुगेको देखिन्छ । बंगलादेशमा २५ हजार ५ सय मेगावाट विजुली कुल जडित क्षमता छ’ विष्टले भने, ‘चन्द्र विद्युत् गृह निर्माणपछिको १ सय १२ वर्षको अवधिमा २ हजार १ सय ७१ मेगावाट बिजुली उत्पादन गरेका छौं । जलस्रोत माध्यमबाट विकास गर्ने भनेका छौं । यो १ सय १२ वर्षको अवधिले मजाक उठाइरहेको छ, खिल्ली उडारहेको छ । हाम्रो पुस्ता विकासको गफ गर्दागर्दै समाप्त हुने त होइन ?’
विज्ञापन
उनले नेपालमा उत्पादन गरेको २१ सय ७१ मेगावाट विजुली वर्षाको समयमा भएको र हिउँदमा एक तिहाइ मात्रै हुने बताए । ‘अहिलेको बजेटमा सुख्या र वर्षायाममा रहेको अन्तरलाई कम गर्न जलाशययुक्त आयोजना निर्माण गर्न विषयमा सरकारको योजना छैन,’ विष्टले भने ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु