On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख १५, २०८१
जोडिनुहो��
  • होमपेज
  • राजनीति
  • प्रचण्ड- एक रोमान्टिक नेता
राजनीति

प्रचण्ड- एक रोमान्टिक नेता

पदम भण्डारी।

नेतामा हुनुपर्ने गुणहरू पैसाले किनेर पाइने कुरा होइन। नेतृत्वकला अरूलाई प्रभावमा पार्नसक्ने अदृश्य उर्जा हो। यहाँ अहिलेको प्रसंग कमरेड प्रचण्डको हो। जसले जतिसुकै गाली गरेपनि प्रचण्ड व्यक्ति लोकप्रिय, सबैको विश्वास र आकर्षणका केन्द्रमा छन्। प्रचण्डलाई लगभग कसैले पनि प्रतिरोध गर्न सक्दैन। प्रचण्डले कसले के चाहन्छन् भन्ने कुरा बुझ्छन्। कसैले जायज प्रस्ताव लिएर गयो भने यो लेनदेनको विषय होइन वा किन बेचको विषय होइन भनेर सजिलै स्वीकार्छन्। कमजोरी र विफलताहरूबाट सिक्छन्। यिनीसँग सफलताको चुम्बक नै छ भन्दा फरक पर्दैन।

विज्ञापन

padam_bhandariलेखक : पदम भण्डारी
यदि तपाईंले प्रचण्डलाई नजिकबाट भेट्नुभएको छ भने उनको व्यक्तित्वले मान्छेहरू आकर्षित भइहाल्छन् र भक्त हुन प्रेरित गर्दछ। यस्तो मूल्यवान् गुण प्रचण्डमा छ। प्रचण्डले अरूलाई आफ्नो बारेमा राम्रो महसुस गराउन सक्छन्। उनीसँग कुरा गर्दै जाँदा मान्छेले आफूलाई बढी उत्साहजनक र मनपर्दो भएको महसुस गर्छ। प्रचण्डले कुनै पनि कुरालाई चिन्ताजनक रूपमा लिँदैनन्। चिन्तन गर्छन्, चिन्ता लिँदैनन्। उनी खुला दिमागले काम गर्छन्। खुला मनको मान्छे दुःखित हुँदैनन्। कुनै पनि कुरालाई आग्रह वा पूर्वाग्रहले प्रेरित भएर सोच्दैनन्। प्रचण्डले काम गर्ने तौरतरिकामा पहिल्यै सेटिङ मिलाएर गर्दैनन्। उनले आफ्ना विचारहरू र जीवनका अनुभवहरूमा ध्यान दिन्छन्।

विज्ञापन

उनी सबैसँग सहमत हुँदैनन् तर सबै जनाको कुरा सुन्छन्। आफ्नो विचारलाई अरूलाई नबिझ्ने हिसाबले भन्छन् तर त्यसको सम्भावित परिणाम अरूलाई मन नपर्ने किन नहोस्। आवेगमा आएर, रिसको झोँकमा आएर कुनै निर्णय गर्दैनन्। असहमत हुनका लागि पनि सहमति खोज्छन्। सहमति खोज्ने सहमति गरेर बैठक टुङ्ग्याउँछन्।

प्रचण्डले आफूलाई धोका दिनेहरूलाई पनि अर्को एजेण्डामा विश्वास लिन प्रयत्न गर्छन्। यसो हुनुको कारण उनीमा आत्मविश्वासको गुण हुनु हो। उनलाई आफूप्रति विश्वास छ कि आफ्ना एजेण्डाहरुलाई सफल पार्न आवश्यक चुनौतीहरू सामना गर्न सक्छु। प्रचण्डलाई आफ्नो लक्ष्यहरूमा पुग्न के गर्न आवश्यक छ भन्ने कुरा राम्ररी थाहा छ। त्यसैले हामीहरू प्रचण्डलाई चिन्तित भएको देख्दैनौं। उनी चिन्तित हुनुको सट्टा दिमागलाई शान्त, उत्साही र आत्मविश्वासलाई दृढ राख्छन्। कहिलेकहीँ प्रचण्ड ठूलो र आक्रामक शैलीमा उच्च-पिच टोनमा बोल्छन्। त्यसले केही मानिसहरूलाई चित्त बुझ्दैन। ठूलो स्वरमा बोले पनि दृष्टिकोण सफा राख्छन्। उनको नियमित व्यायाम गर्ने समय तालिकाले गर्दा उनी शारीरिक र मानसिक रूपमा तन्दुरुस्त देखिन्छन्।

प्रचण्डलाई दिइने कुनै पनि सुझावहरूलाई सकारात्मक रूपमा लिन्छन् र धेरैजसोलाई मान्य हुने निर्णय गर्छन्। उनीसँग मध्यस्थता गर्ने खुबी छ। प्रचण्डले अरूले के सोंच्लान भनेर पहिले देखिनै चिन्ता गरेर बस्दैनन्। अरूले के सोच्लान्, के भन्लान् भनेर चिन्ता गर्न थाल्यो भने आत्मविश्वासमा कमी आउँछ भनेर त्यसलाई मतलब राख्दैनन् तर सबैको विचारलाई भने ख्याल राख्छन्। प्रचण्डले भनेको कुरा यदि कसैले मान्दैन भने त्यो मेरो समस्या होइन त्यो समस्या नमान्ने मान्छेको हो भन्छन्।

प्रचण्ड एक खुल्ला किताब हुन तर उनलाई धेरै मान्छेले पढ्दैनन्। प्रचण्डको सबैभन्दा चर्चित अभिव्यक्ति भनेको उनको शारीरिक भाषा (बडी ल्याङ्ग्वेज) हो। प्रचण्डको आकर्षण उनको बडी ल्याङ्ग्वेजले पनि प्रष्ट पार्छ। प्रचण्डको बडी ल्याङ्ग्वेजले उनले बोल्नेभन्दा धेरै बोलिराखेको हुन्छ। उनी कसरी हिँड्छन् कसरी बस्छन्, कसरी अरूहरूलाई रेपोन्स गर्छन् भन्ने कुराले उनको व्यक्तित्व झल्किरहेको हुन्छ। प्रचण्ड आत्मविश्वासको साथ हिँड्छन्, मुस्कुराउँछन्। जब उनी अरूसँग बोल्दा प्रसन्न मुद्रामा हुन्छन् तब अरूहरूलाई पनि कुराकानी गर्न अझ सजिलो र मन पर्न योग्य बनाउँछ। प्रचण्डले अरूले गरेको कुरालाई ध्यान दिइरहेको छ भन्ने महसुस गराउँछन्।

प्रचण्ड आफू उपस्थित हुनुपर्ने ठाउँमा उपस्थित हुन्छन् र सुन्छन्। उनी सबैको आदरको पात्र हुनुमा इमान्दार बनेर अर्कोले भनेको कुरा सुन्नु नै हो। बोल्ने व्यक्तिहरूलाई उनले पूर्ण ध्यान दिँदै उनीहरूलाई मूल्यवान् महसुस गराउँछन्। सम्मान लिनका लागि सम्मान पनि दिनुपर्दछ र उपस्थित हुनुपर्छ भन्ने कुरालाई व्यवहारमा उतारेका छन्। त्यसैले कहिलेकहीँ उनी एक दिनमा आठ वटा कार्यक्रममा उपस्थित हुन भ्याउँछन्। उनी एक जनासँग कुरा गर्दागर्दै अर्को जनासँग फोनमा झुण्डिँदैनन्। केवल एक व्यक्तिलाई ध्यान केन्द्रित गर्छन्। त्यसैले कुरा गर्ने मान्छेलाई लाग्छ मेरो कुरालाई पुरा ध्यान दिएर सुनिरहेका र गम्भीरतापूर्वक लिइरहेका छन्। जब मान्छेलाई त्यस्तो लाग्छ तब तिनीहरू प्रचण्डसँग मन्त्रमुग्ध हुन्छन्।

उनको अर्को क्षमता भनेको कुनै विषयमा छलफल गर्दैछन् भने आफ्नो कुरा मात्र नगरेर अरूहरूलाई प्रश्न सोधेर कुरा गर्न प्रोत्साहित गर्छन्। अरूको कुराको सम्मानपूर्वक प्रतिक्रिया दिन्छन्। उनले अरूहरूसँग कुरा गर्दा नयाँ कुरा सिकिरहेका हुन्छन्। अरूको कुरा सुन्यो भने आफूले नयाँ कुरा सिकिन्छ भन्ने मान्यता राख्छन् र भन्ने व्यक्तिलाई पनि लाग्छ कि मेरो कुरा ध्यानपूर्वक सुनिरहेको छ। प्रचण्डलाई धेरैले अहंकारी मान्छेको रूपमा चित्रण गर्छन्। तर उनका कामहरूलाई विश्लेषण गरेर हेर्‍यो भने अहंकारयुक्त काम गरेको देखिँदैन। अहंकारी बन्यो भने शरीरमा खराब कम्पनहरू उत्पन्न हुन्छन् र त्यसलाई कसैले मन पराउँदैनन् भन्ने कुरा प्रचण्डलाई राम्ररी थाहा छ। यो कुरामा प्रचण्ड विश्वस्त छन् त्यसैले उनी म ठूलो मान्छे, म सबैभन्दा उत्कृष्ट मान्छे भनेर घमण्ड देखाउँदैनन्। त्यो कुरा उनले गर्ने निर्णयले देखाइरहेको हुन्छ।

प्रचण्डले आफूलाई जहिले पनि गम्भीरताका साथ लिन्छन्। मानिसहरूलाई आफूतिर आकर्षित गराइरहन चाहन्छन्। प्रचण्डले आफूले गल्ती गरेंकि भन्ने लागेको विषयलाई गल्ती भयो भनेर स्वीकार्छन्। धेरैजसो मानिसहरूले यो कुरालाई प्रचण्डको कमजोरीको रूपमा लिन्छन् तर प्रचण्ड आफूलाई त्यस्तो लाग्दैन। आफ्नो गल्तीलाई आफैँले औँल्याउने क्षमता धेरै नेताहरूमा हुँदैन।

प्रचण्ड खुलेरै हाँस्छन्। हास्यकला नेतामा हुनुपर्ने एउटा शक्तिशाली पक्ष मध्ये एक हो। प्रचण्डले अरूलाई मजैले हँसाउन सक्छन्। मानिसहरू हाँस्दै गर्दा आफूलाई पिडा हराएको महसुस गर्छन्। प्रचण्डप्रतिको आकर्षण उनी खुलेरै हाँस्नु पनि हो। केही व्यक्तिहरू अर्कालाई चिढाउन मन पराउँछन्, तर प्रचण्ड अरूलाई चिढाउनकै लागि भनेर केही गर्दैनन्। यसलाई गम्भीरताका साथ लिन्छन्।

प्रचण्ड सानो समूहमा रहँदा चुटकिलाहरु पनि सुनाउने गर्छन्। आफूले मात्रै सुनाउने होइन अरूलाई सुनाउन पनि उत्प्रेरित गर्छन्। प्रचण्डले हरेक दिनलाई सुनौलो दिनको रूपमा लिन्छन्। त्यसैले बेलाबखत भन्ने गर्छन् अब केही आश्चर्यजनक हुँदैछ। धेरै मान्छेहरू सफल मान्छेकै वरिपरि रहन मन पराउँछन् किनभने यसले उनीहरूलाई ठूलो अनुभव पनि दिन्छ।

इमान्दारी धेरै महँगो उपहार हो। सस्तो मानिसहरूबाट यो आशा गर्न सकिँदैन। प्रचण्ड एक इमान्दार व्यक्ति हुन जसले राम्रो कामलाई यो गरेँ भन्छन् र गल्ती गरेँ कि जस्तो लाग्यो भने पनि स्वीकार्छन्। त्यसको लागि कुनै बहाना वा कारण खोजेर उम्किँदैनन् त्यसको जिम्मेवारी र आफ्नो कार्यहरूको लागि उत्तरदायित्व लिन्छन्। प्रचण्डलाई आफ्नो बारेमा कसैले जे सोचेको भए पनि फरक पर्दैन, किनकि उनी सम्भावनाहरू मात्र खोज्छन्।

प्रचण्डको अर्को अद्भुत क्षमता भनेको आफूलाई अपमानित भएको महसुस हुँदैन। आफूले अपमानित भएको महसुस भयो भने क्रोधित भइन्छ र त्यसले नराम्रो परिणाम दिन्छ भन्ने कुरा राम्ररी जानेका छन्। आवश्यक परेको बेला सजिलै माफी माग्छन्। आत्मविश्वास जहिले पनि सही हुँदैन तर गलत हुन्छ कि भनेर पनि डराउँदैनन्। प्रचण्डको अरूलाई माफ गर्न सक्ने क्षमता छ। यसले के दर्साउँछ भने मान्छेहरूबाट काम गर्दा गल्ती हुन्छ। म बाट पनि गल्ती हुन्छ भन्ने कुराको स्वीकारोक्ति पनि हो यो। प्रचण्डले काम गर्दा जहिले पनि अरूलाई केन्द्रमा राखेर गर्ने गर्छन्। त्यसैले धेरैले उनलाई साझेदार एवं राम्रो मित्रको रूपमा चाहन्छन्। यिनै खुबीहरूका कारणले गर्दा प्रचण्ड एक रोमान्टिक नेता हुन भन्ने कुरा सबैलाई लाग्छ।

(लेखक भण्डारी कामको सिलसिलामा करिब दुई दशकभन्दा बढी कर्णालीमा बसी अध्ययन गर्नुभएका व्यक्ति हुन्। कर्णाली क्षेत्रमा विभिन्न विकाससँग सम्बन्धित संघसंस्थाहरूमा आवद्ध भई कार्य गरेका भण्डारी हाल कृषि तथा वन विश्व विद्यालयमा एडजङ्क्ट प्रोफेसर पदमा आंशिक रूपमा कार्यरत छन्।)

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस