On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • ईश्वर पोखरेलको क्षेत्रमा यी चर्चीत अनुहार उम्मेदवारको दौडमा, पोखरेललाई जीत निकाल्न कठिन हुने पक्का !
समाचार

ईश्वर पोखरेलको क्षेत्रमा यी चर्चीत अनुहार उम्मेदवारको दौडमा, पोखरेललाई जीत निकाल्न कठिन हुने पक्का !

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन साहको विजयले संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको ओइरो लाग्ने देखिँदै छ । अझ काठमाडौं क्षेत्र नम्बर ५ एकाएक स्वतन्त्र र दल आबद्ध युवा नेताहरूको आकर्षणको केन्द्रमा पर्न थालेको छ ।

 

विज्ञापन

निर्वाचनको मिति नतोकिँदै काठमाडौं क्षेत्र नम्बर ५ मा उम्मेदवारको ओइरो लाग्न थालेको छ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जितेको यो स्वतन्त्र उम्मेदवारको पनि रोजाइमा देखिएको छ । त्यसपछि काठमाडौं क्षेत्र नम्बर १ छ ।

विज्ञापन

काठमाडौं क्षेत्र नम्बर ५ मा काठमाडौं काठमाडौं महानगरको २, ३, ४ र ५ नम्बर वडा पर्छन् । त्यस्तै टोखा नगरपालिका २ देखि ७ नम्बर वडा र बुढानीलकण्ठ नगरपालिकाको ३ देखि ७ नम्बर वडाहरू पर्दछन् । यी दुवै नगरपालिका एमालेले जितेको छ भने महानगरपालिकाका चार वटै वडा अध्यक्ष पनि एमालेले नै जितेको छ ।

 

यो निर्वाचन क्षेत्रका सांसद एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल हुन् । उनी प्रतिनिधिसभा निर्वाचन २०७४ मा २३ हजार २९ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हाल प्रवक्ता समेत रहेका डा. प्रकाश शरण महतले १३ हजार १६९ मत ल्याएका थिए ।

वरिष्ठ उपाध्यक्ष पोखरेल त्यसअघि पनि तीनपल्ट सोही क्षेत्रबाट निर्वाचन लडेका थिए । २०५६ को संसदीय निर्वाचनका बेला यही भूगोल रहेको क्षेत्र नम्बर ३ मा मनमोहन अधिकारी उम्मेदवार थिए ।

चुनाव प्रचारकै क्रममा अधिकारीको निधन भएपछि पोखरेलले सो क्षेत्रबाट चुनाव जितेका थिए ।

त्यसपछि २०६४ र २०७० को संविधान सभा निर्वाचनमा भने कांग्रेसका नरहरि आचार्यले उनलाई पराजित गरेका थिए । यसरी पोखरेल चार वटा निर्वाचन लडेको क्षेत्रमा यस पटक भने उम्मेदवारको बाढी नै देखिएको छ ।

को को छन् उम्मेदवार इच्छुक ?

यो क्षेत्रमा एमालेबाट फेरी पोखरेल निर्विकल्प उम्मेदवार हुन् । वरिष्ठ उपाध्यक्ष पनि रहेको र वर्षौँदेखिको उनको ‘लिगेसी’ भएको क्षेत्र रहेकाले उनी यहाँबाट लड्ने पक्कापक्की नै हो । पोखरेलको क्षेत्रको विकास तथा स्थानीयका समस्यामा समेत आफूलाई उपस्थित गराउँदै आएका कारण उनी हेबिवेट मात्र नभएर यहाँका बलिया उम्मेदवार हुन् ।

तर कांग्रेसबाट भने यहाँ को लड्छ ? भन्ने अझै कुनै निश्चित भइसकेको छैन । अघिल्लो निर्वाचन लडेका कांग्रेस प्रवक्ता महत यस पटक गृह जिल्ला नुवाकोट फर्किने सम्भावना बढी छ ।

त्यहाँ अघिल्ला निर्वाचनहरू लड्दै आएका उनका दाजु डा. रामशरण महतको निर्वाचन क्षेत्र नुवाकोट–१ बाट उनी उम्मेदवार हुने कांग्रेसवृत्त बताउँछ ।

प्रवक्ता महतले छाडेपछि काठमाडौं–५मा भने कांग्रेसभित्र विकल्पको खोजी भइरहेको छ । जसमा केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरको नाम अग्रपंतीमा छ । उनलाई उम्मेदवार बनाउनुपर्ने भन्दै स्थानीय कार्यकर्ताहरूले सभापति शेरबहादुर देउवासमक्ष पनि कुरा पुर्‍याएको कांग्रेस स्रोत बताउँछ ।

काठमाडौंकै शक्तिशाली नेताहरू महामन्त्री गगन थापा, प्रकाशमान सिंह र प्रवक्ता महतको समेत रोजाइमा उनी रहेको स्रोत बताउँछ ।

अर्को विकल्प युवा नेता प्रदीप पौडेलको पनि छ । तर उनलाई दरो साथ कसैको पनि देखिएको छैन । यद्यपि केही युवाहरूले उनको पनि नाम लिइरहेका छन् ।

उनीहरूबाहेक यहाँ कांग्रेसबाटै नरहरि आचार्य पत्नी शारदा शर्माको पनि विकल्पमा नाम छ ।

कांग्रेसका उम्मेदवारका आकांक्षीहरूका लागि चुनौती गठबन्धनबाटै नेकपा एकीकृत समाजवादीले पनि खडा गर्ने देखिएको छ । उसले गठबन्धन हुँदा काठमाडौंमा कम्तीमा दुई वटा निर्वाचन क्षेत्र माग्ने सम्भावना छ ।

अघिल्लो चुनाव काठमाडौं–२ बाट जितेका पार्टी अध्यक्ष माधवकुमार नेपाल यस पटक रौतहट जाने सम्भावना छ । त्यहाँ उनको पुरानो निर्वाचन क्षेत्रका दुई नगरपालिका नेकपा एसले एक्लै चुनाव जितेको छ । त्यस कारण सहजताका लागि उनी त्यहाँ जान सक्छन् ।

अर्को काठमाडौं–८मा जीवनराम श्रेष्ठ उम्मेदवार बन्ने पक्कापक्की नै छ । उनी अघिल्लो पटक पनि सोही क्षेत्रबाट जितेका हुन् ।

यसपछि अध्यक्ष नेपालको ठाउँमा खाली हुने एक क्षेत्रको हिस्साअनुसार काठमाडौं–५ नै माग्नुपर्ने नेकपा एसभित्र दबाब छ ।

जहाँ नेकपा एसबाट अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली लड्ने चर्चा छ । यो क्षेत्र ‘बाहुबाली’हरूको प्रभाव क्षेत्र पनि मानिन्छ । यहाँ चक्रे मिलन, साजन महर्जन जस्ता बाहुबलीहरू पनि छन् । जसको समर्थन पराजुलीलाई छ । पराजुलीले पार्टीभित्र पनि सो क्षेत्र गठबन्धनबाट नेकपा एसका लागि लिन दबाब बढाउँदै छन् ।

काठमाडौं महानगरपालिकामा बालेन्द्र साह जितेपछि यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरू पनि रोजाइमा पर्न थालेको छ । पछिल्ला केही दिनयता यहाँ स्वतन्त्र लड्ने भन्दै केही चर्चामा रहेका व्यक्तिहरूले उम्मेदवारी घोषणा गरिरहेका छन् ।

जसमा अघिल्लो पटक विवेकशील नेपाली दलबाट मेयर लडेकी रञ्जु दर्शनाको नाम पनि आएको छ । उनले यही क्षेत्रबाट निर्वाचन लड्ने घोषणा गरिसकेकी छन् । विवेकशीलका संस्थापक उज्ज्वल थापा २०७० मा सोही क्षेत्रबाट चुनाव लडेका थिए ।

यस्तै अर्का चर्चित पात्र पूर्व डिआइजी रमेश खरेलले पनि यही निर्वाचन क्षेत्रबाट उम्मेदवारी लड्ने घोषणा गरेका छन् ।

बुधवार मात्रै डा. बाबुराम भट्टराई पुत्री मानुषी यमीको पनि यही क्षेत्रबाट चुनाव लड्ने चर्चा बाहिरिएको छ । उनी जनता समाजवादीबाट निर्वाचन लड्ने तयारीमा छिन् । तर उनी काठमाडौं–५ वा ७ कहाँ लड्ने अझैँ निर्णयमा पुगिसकेकी छैनन् । उनको मावली वडा नम्बर ७ नम्बरमा पर्छ । उनकी आमा हिसिला यमी २०६४ को संविधानसभा निर्वाचनमा काठमाडौं–७ बाटै जितेकी थिइन् ।

किन काठमाडौं–५ मा सबैको नजर ?

यो क्षेत्रमा बालुवाटार, महाराजगन्ज, लाजिम्पाट, बुढानीलकण्ठ, नारायणथान मण्डिखाटारलगायतका क्षेत्र पर्दछन् । जहाँ समुदायको मिश्रित बसोबास छ । साथै यहाँ सम्भ्रान्त वर्गको पनि उल्लेख्य तथा निर्णायक मत छ । राजावादीदेखि खानदानी वर्गको यहाँ वर्चस्व छ ।

राज्य संयन्त्रमा बसेर त्यसको फाइदा उठाउँदै मनग्य अर्थोपार्जन गरेकाहरूको बसोबास रहेको यो क्षेत्रले जहिल्यै फरक नतिजा दिँदै आएको छ । सेना,प्रहरी र कर्मचारी प्रशासनका साथै उद्योगी व्यवसायी क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू पनि यही क्षेत्रमा बस्छन् ।

यही कारण आफूलाई फरक देखाउन चाहनेहरू दलप्रतिको वितृष्णाको फाइदा उठाउन यो क्षेत्रमा आफूलाई प्रस्तुत गर्न खोजिरहेका छन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस