आइतवार, जेष्ठ १९, २०८२
  • होमपेज
  • मनोरञ्जन
  • हलमा पत्तासाफ भएको ‘डाँडाको वर पीपल’ युट्युबमा हिट
मनोरञ्जन

हलमा पत्तासाफ भएको ‘डाँडाको वर पीपल’ युट्युबमा हिट

महानायक काण्ड चलेपछि विवादमा आएर सुपरफ्लप भएको शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको वर पीपल’लाई युट्युबमा भने रुचाइएको छ । सार्वजनिक भएको ३ दिनमा १५ लाख भन्दा बढी भ्यूज बटुलेको यो फिल्म नेपालको युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ ।

यो फिल्मलाई युट्युबमा हेरेका अधिकांश दर्शकले उत्कृष्ट भनेका छन् । साथै, दर्शकले फिल्मको कथावस्तुले मन छोएको समेत बताए । उनीहरुले फिल्म हेरेर आफू रोएको समेत प्रतिक्रिया दिएका छन् । यो फिल्मलाई बुढासुब्बा डिजिटलले निर्माण गरेको हो । फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल, भूवन केसी, सलोन बस्नेत, रुविना थापा लगायतका कलाकारको अभिनय छ ।

विज्ञापन

दोश्रो चरणको कोरोना लगतै गतबर्षको दशैंमा रिलिज यो फिल्मले हलमा पानी पनि भन्न पाएन । फिल्म हेर्न पुगेका दर्शकले यसलाई गाली गरेका थिए । तर, युट्युबमा भने फिल्मले प्रशंसा पाएको छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस