On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • बालेनको प्रशंसा गर्दै गगनले संसदमा भने- फ्लाइओभरको बजेट काटेर भए पनि बञ्चरेडाँडाको प्रतिज्ञा पूरा गरौँ
समाचार

बालेनको प्रशंसा गर्दै गगनले संसदमा भने- फ्लाइओभरको बजेट काटेर भए पनि बञ्चरेडाँडाको प्रतिज्ञा पूरा गरौँ

नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाले काठमाडौंको फ्लाइओभर या अण्डरपासको बजेट काटेर भए पनि फोहोर व्यवस्थापन गर्न प्रस्ताव गरेका छन् ।

सिसडोल र बञ्चरेडाँडामा गरिएको प्रतिज्ञा पूरा गर्न शहरी विकास मन्त्रालयको बजेटले नपुग्ने भन्दै भौतिक योजना मन्त्रालयको बजेट पनि उनले माग गरे ।

विज्ञापन

प्रतिनिधि सभामा मंगलवार विनियोजन विधेयकमाथिको छलफलका क्रममा गगन थापाले फोहर व्यवस्थापनका लागि पहल गरेको भन्दै शहरी विकास मन्त्री रामकुमारी झाँक्री र काठमाडौंका मेयर बालेन शाहको पनि प्रशंसा गरे ।

विज्ञापन

‘काठमाडौं र वरपरको सडक फोहोरले पुरिन लागेको छ । व्यवस्थापनको मूल जिम्मेवारी कानूनतः शहरी विकास मन्त्रालय र काठमाडौं महानगरको हो । दुवै ठाउँमा नयाँ नेतृत्व आएको छ, नयाँ नेतृत्वका कारण यो समस्या आएको कदाचित् होइन । विगतमा यो ठाउँको नेतृत्वमा बसेकोले उपयुक्त समयमा काम नगरिदिएका कारण समस्याको चाङ लागेको हो,’ थापाले भने, ‘अहिले शहरी विकास मन्त्रालय र काठमाडौं महानगर दुवैले प्रशंसायोग्य काम गरेका छन्, पहलकदमी लिइराख्नु भएको छ । यसकै परिणाम हिजो मात्र समझदारी भएर आज बिहानबाट फोहोर लैजाने काम शुरू भएको थियो । अहिले फेरि बन्द भएको छ । शहरी विकास मन्त्रीलाई जवाफ दिनको लागि सदनमा आउन आग्रह गर्छु, समस्या कहाँ पर्‍यो गाँठो फुकाउनको लागि । सवालजवाफको लागि प्रश्न सोध्न होइन काठमाडौंको सांसदको रुपमा मद्दत गर्ने कर्तव्य हो ।’

महामन्त्री थापाले काठमाडौंमा बनाउने भनिएको फ्लाइओभरको बजेट काटेर भए पनि बञ्चरेडाँडाको व्यवस्थापन गर्न प्रस्ताव गरे ।

‘भौतिक योजना मन्त्रालयको बजेटमा यो वर्ष केही फ्लाइओभर र अण्डरपास बनाउने भनिएको छ । फोहोर व्यवस्थापन गर्नका लागि शहरी विकासको यो पैसाले पुग्दैन । बञ्चरेडाँडा र सिसडोलमा हामीले गरेका प्रतिज्ञा पूरा गर्न अर्बौँ पैसा चाहिन्छ, यो पटक फ्लाइओभर र अण्डरपास नबनाए पनि हुन्छ, काठमाडौंको सांसद मात्र होइन बाहिरको सांसद बस्ने पनि काठमाडौं हो । हामीले निक्लेको फोहोर व्यवस्थापनका लागि बाहिरको पाँचवटा योजना काटे पनि हुन्छ । बञ्चरेडाँडा र सिसडोलमा लामो समयदेखि गरेका प्रतिज्ञा पूरा गर्न भौतिक पूर्वाधार मन्त्रालयको बजेटबाट केही अर्ब पैसा निकाले फोहोरको दीर्घकालीन हल निस्कन्छ ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस