शनिबार, कार्तिक १, २०८२
  • होमपेज
  • समाचार
  • मन्त्रीको लोभ छैन, पार्टीकै चिप्ले किराले चलखेल गर्यो भन्दै छन् : प्रेम आले
समाचार

मन्त्रीको लोभ छैन, पार्टीकै चिप्ले किराले चलखेल गर्यो भन्दै छन् : प्रेम आले

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले आफूलाई मन्त्री पदको कुनैपनि लोभ नभएको बताएका छन्।
पशुपतिनाथ मन्दिर परिसरस्थित विश्वरुपा मन्दिरको पुन:निर्माण मंगलबार शिलान्यास गर्दै उनले यस्तो बताएका हुन्।

‘मेरो आदरणीय अध्यक्ष माधवकुमार नेपालले मन्त्रिमण्डल निर्माणका क्रममा हामीलाई पठाउँदा नै ६ महिनाका लागि तोक्नु भएको थियो,’ आलेले भने, ‘हामीले त ८ महिना खान पायौँ। अरु साथीहरुलाई मौका दिने इच्छा छ भने दिनुस् भनेर मैले सहमति पनि दिएको हुँ।’

विज्ञापन

उनले आफ्नै पार्टीका चिप्ले किराहरुले चलखेल गरेको भन्दै अन्तर्वार्ता दिइरहेको बताए।

विज्ञापन

‘तर, हाम्रै पार्टीभित्रका चिप्ले चोरहरु, किराहरु आलेले चलखेल गर्यो भनेर अन्तर्वार्ता दिइरहेका छन्,’ उनले भने, ‘मलाई मन्त्रीको लोभ छैन। म जति समय यो कुर्सीमा बस्छु, देश र जनताको शीर ननिहुरिने गरी काम गर्छु।’

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस