On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • घनश्याम भुसाल माथिको कारबाही, एमाले भित्रका ‘दशभाइ’ लाई ‘थ्रेट’
समाचार

घनश्याम भुसाल माथिको कारबाही, एमाले भित्रका ‘दशभाइ’ लाई ‘थ्रेट’

काठमाडौं। नेकपा(एमाले) का नेता घनश्याम भुसालमाथि पार्टीले अनुशासनको कारबाहीका लागि सिफारिस गरेको छ। भुसालले एक टेलिभिजन अन्तर्वार्तामा अध्यक्ष केपी ओलीको आलोचना गरेको थिए। उनले एमालेमा ‘कोत पर्व’ हुने भन्दै स्थानीय निर्वाचनमा पराजयको मूल कारण पार्टी अध्यक्ष ओली नै भएको आरोप लगाएका थिए।

उनको उक्त आरोपलाई पार्टी हित विपरित भन्दै उनीमाथि एमालेको अनुशासन आयोगले आइतबार कारबाहीको लागि केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो।
एमालेको चितवनमा सम्पन्न दशौँ महाधिवेशनलाई पार्टीको लोकतान्त्रिक चरित्रलाई निस्तेज पार्दै ओलीको एकाधिकार लादिएको आक्षेप समेत भुसालले लगाएका थिए।

विज्ञापन

ओलीको एकपक्षीय निर्णयले पाटी सत्तचालन गरिएको, पार्टीको लोकतान्त्रिक चरित्र हनन् भएको, पार्टीमा ओलीको अधिनायकवादी चरित्र हावी भएको लगायतका आरोप भुसालको थियो।

विज्ञापन

भुसालको उक्त अभिब्यक्ति नै उनी माथि कारबाहीको कारण बनेको हो। बौद्धिक एवं वैचारिक नेताको छवि बनाएका भुसाल पछिल्लो समय पार्टीमा भूमिका विहीन जस्तै देखिएका छन्। उनी एमाले भित्र माधव नेपालको पक्षधरका नेताको रुपमा चिनिन्थे। पार्टीको अन्तरविरोध उत्कर्षमा पुगेको समयमा उनी ओलीको कडा आलोचकका रुपमा प्रस्तुत भएका थिए।

केही दिन अगाडिको उनको उक्त टेलिभिजन अन्तर्वार्तालाई लिएर नै उनीमाथि कारबाहीको सिफारिस भएको हो। यद्यपि कारबाहीको घोषणा भने अझै भइसकेको छैन।
भुसालमाथि गरिने कारबाहीे नितान्त उनी माथि मात्रै नभई एमाले भित्रका समग्र पूर्व माधव नेपाल पक्षधर नेताहरु (जो अन्तिममा एमाले बिभाजनको सन्निकट फर्किएका थिए, जसलाई पछिल्लो समय दश भाइको नामले चिनिन्छ ) उनीहरुलाई चेतावनी दिइएको समेत कतिपयले बताउन थालेका छन्।

दशभाइ भनेर चिनिएका पूर्व माधव नेपाल पक्षधर नेताहरुलाई दिइएको चेतावनी को पूर्वसंकेतको रुपमा समेत यसलाई लिइएको छ। केही समय अगाडि एमालेबाट बिभाजन भएर बनेको एकीकृत समाजवादीका नेता हालका स्वास्थ्यमन्त्री विरोध खतिवडाले एमाले भित्रका दशभाइहरुको हविगत दयनीय हुने र एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्मानजनक हैसियत नदिने बताएका थिए।

दशभाइ मध्येकै एक भीम रावल पार्टीभित्र भूमिका विहीन अवस्थामा छ। उनलाई एमालेको सल्लाहकार परिषदको सदस्य बनाइएको छ। जुन उनको इच्छाविपरित भएको रावलले बताउँदै आएका छन्।

सुरु देख नै पार्टी अध्यक्ष ओलीविरुद्ध खरोरुपमा उत्रिएका रावल पार्टीको दशौं महाधिवेशनमा ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएसँगै उनीसँग तिक्तता झनै बढेको छ।
हालैको एमाले नेता भुसालमाथिको कारबाही पनि भुसाललाई देखाएर अन्य आफू विरोधीहरुलाई तहलगाउने ओलीको रणनीति भएको राजनीतिका जानकारहरु बताउँछन्।

नेकपा(एमाले) का अनुशासन आयोगका अध्यक्ष केशव बडालले भुसालमाथि पार्टी अनुशासनको कारबाही हुने सार्वजनिक अभिब्यक्ति दिइसकेका छन्। उनले कारबाहीको सिफारिस गरिएको जानकारी दिएका छन्। भुसाललाई कस्तो प्रकृतिको कारबाही हुने हो त्यो बताइएको छैन। कुन हदको कारबाही हुने हो सोही अनुसार ओली दश भाइप्रति कति क्रुद्ध या नरम छन् त्यसको उजागर हुनेछ।

एमाले भित्रका नेता कार्यकर्ताहरुबीच भुसालको कारबाहीलाई लिएर अनेकौं टिका टिप्पणी हुन थालेको छ। कतिपयले असन्तुष्टि व्यक्त गरेका छन् भने कतिपयले पार्टी हित विपरितका क्रियाकलाप गर्नेलाई कारबाही गर्नुपर्ने धारणा ब्यक्त गरेका छन्। एमालेका सचिव योगेश भट्टराइ पनि भुसाललाई कारबाही गर्ने पार्टीको चेतावनीप्रति सन्तुष्ट छैनन्। उनले सामाजिक सञ्जालमा यसको असनतुष्टि ब्यक्त गरिसकेका छन्।

एमालेका दशभाइ मध्येका एक भीम रावलले भुसालमाथिको कारबाहीलाई एमालेको अधोगतिको सूत्रपातको रुपमा लिएको बताएका छन्। पार्टीमा एकाधिकार लाद्ने प्रपञ्च भएको उनको आरोप छ। उनले यी र यस्तै प्रवृत्ति बढ्दै गए आगामी संघीय र प्रदेशको निर्वाचनमा एमालेको स्थिति झनै खस्कने सार्वजनिक चेतावनी समेत दिइसकेका छन्।

एमालेका अनुशासन आयोगका अध्यक्ष केशव बडाल भने दशौं महाधिवेशनबाट पारित बमोजिमको भुसाललाई कारबाहीको लागि केन्द्रीय कमिटीलाई सिफारिस गरिएको डिसी नेपाललाई जानकारी दिए।

उनले पार्टीको सदस्यता प्राप्त जोसुकैलाई पार्टी हितविपरित बोल्ने छुट नभएको बताउँदै पार्टी कमिटीमा फरक मत वा असन्तुष्टि राख्ने अधिकार हुँदाहुँदै जथाभभाबी बोल्दै हिँड्नेलाई कारबाहीको दायरामा ल्याइने बताए। ‘पार्टी हित विपरित जाने छुट कसैलाई छैन। यस बिषयमा हामीले पार्टीको चितवन महाधिवेशनबाट पारित बिधानको धारा २४को उपधारा ५ (क) बमोजिम कारबाही गर्दछौँ,’ उनले डिसी नेपालसँग भने।

बडालले पार्टी हित विपरित बोल्नेलाई अनुशासन आयोगको सिफारिसमा एकपटक सचेत गराउनेदेखि निष्कासनसम्मको कारबाहीको ब्यबस्था रहेको बताए।
पार्टी र नेतृत्वविरुद्ध जथाभाबी बोल्न पार्टी छाडेर जानुपर्ने उनको तर्क छ।

‘उही पाटीृमा रहेर पार्टी र नेतृत्वविरुद्ध जथाभाबी बोल्न अनुशासन र नैतिक दृष्टिले मिल्दैन। त्यसैले उहाँले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र रुपले जे अभिब्यक्ति दिए हुन्छ। तर पाटी भित्रै रहेर पार्टी हितविपरित बोल्ने अधिकार कसैलाई छैन,’ बडालले भने।

एमालेका ११ लाख पार्टी सदस्यका लागि सबैलाई बिधान भएको बताउँदै पार्टी हित विरोधी अभिब्यक्ति दिने कसैलाई पनि छुट नदिइने उनको भनाइ छ। ‘म तपाइहरुको मिडियाबाट समेत सबैलाई सचेत गराउन चाहान्छु, पार्टी हित विपरित बोल्ने छुट कसैलाई छैन् ,चाहे त्यो पार्टी सदस्य होस् या या माथिल्लो निकायको पदाधिकारी होस्। पार्टी विरोधी गतिबिधि गर्ने जोसुकैलाई कारबाहीको दायरामा ल्याइन्छ,’ उनले भने।

हजारौं प्रतिनिधि सहभागी पार्टीको चितवन महाधिवेशनलाई गैरलोकतान्त्रिक भन्दै आक्षेप लगाउनु समग्र पार्टी र कार्यकतामाथिको उपहास भएको भन्दै यस्तो अभिब्यक्ति क्षम्य हुन नसक्ने बडालको तर्क छ।

भुसालको सन्र्दभमा अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटीलाई कारबाहीको लागि सिफारिस गरिसकेको र केन्द्रीय कमिटीले गरेको कारबाही चित्त नबुझेमा भुसालले सोही कमिटीमा पुनरावेदन गर्न पाउने ब्यबस्था समेत रहेको उनले जानकारी दिए। अनुशासन आयोगले सिफारिस गरिसकेको आधारमा अब केन्द्रीय कमिटीले कारबाही घोषणा गर्ने बडालको भनाइ छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस