काठमाडौं । चुनावी हारको नैतिक जिम्मा लिएर पद त्याग गर्न अध्यक्ष केपी ओलीलाई सुझाव दिने गरेका घनश्याम भुसाल प्रतिशोधको घानमा परेका छन । विशेषत दशबुदे मार्फत भित्रिएका दशभाईले कारबाहीलाई लिएर प्रश्न उठाँउदा भुसालले पनि यसलाई आफूमाथि वदलाको भावना राखिएको बताएका छन । जसले एमालेभित्र फेरी दश भाई र ओलीगुट वीचको द्धन्द सुरु भएको छ ।
पार्टीको अनुशासन आयोगले नेकपा ९एमाले०का स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई एकाएक कारबाहीको सिफारिस गर्यो । पूर्व उपमहासचिव समेत रहेका र वौद्धिक नेताका रुपमा परिचित भूसालमाथि कारबाहीको सिफारिस भएसंगै अहिले पार्टीभित्र तरंग नै सिर्जना भएको छ । विशेषत दशबुदे मार्फत भित्रिएका दशभाईले कारबाहीलाई लिएर प्रश्न उठाँउदा भुसालले पनि यसलाई आफूमाथिको वदलाभावमार्फत आएको पूर्वाग्राही निर्णयको रुपमा लिएका छन् ।
विज्ञापन
यो निर्णयले एमालेभित्र अध्यक्ष केपी शर्मा ओली निकट र दशबुँदे मार्फत भित्रिएकाविच द्धन्द्ध सुरु भएको छ । कारबाही प्रति दशभाई मध्येका एक योगेश भट्टराईले आबेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि कृया र प्रतिकृयाले सहि ठाउँमा नपुर्याउने बताएका छन । यता उपाध्यक्ष युवराज ज्ञवालीले भुसालमाथिको कारबाही प्रत्युत्पादक हुन बताएका छन ।
विज्ञापन
स्थानीय चुनावमा पार्टीले हार ब्यहोरेर पार्टी पंक्ति नै निराश भइरहेका बेलामा नेताहरूलाई कारबाही गर्दै हिँड्नु गलत हुने ज्ञवालीको तर्क छ । चुनावकै मुखमा अर्को पार्टीलाई मत दिन उक्साउने र जुगाँको लडाईका कारण गढ क्षेत्रकै उम्मेद्वारलाई पराजित गराउने व्यक्तिहरुलाई छोडेर हारको नैतिक जिम्मा लिएर पद त्याग गर्न अध्यक्ष ओलीलाई सुझाव दिने भुसाललाई कारबाहीमा परेपछि यसलाई दशभाईले प्रतिसोधको रुपमा वुझेका छन । नेता डा। भीम रावलले यसलाई उल्टो बाटाको संज्ञा दिएका छन ।
एमालेको गढ मानिएको पोखरा महानगरमा खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङको जुँगाको लडाईका कारण आफ्नै गढमा एमाले हार्यो भने मौन अवधीमै मत मागेर पृथ्वीसुब्बाले आफ्नै उम्मेद्धारलाई आलोचित बनाए । तर गुरुङप्रति कारबाही हुनसक्ने केहि सम्भावनाका वीच पनि अधिकारी भने सुरक्षित छन । क्लिन स्वीप हुनसक्ने भनेर चुनावअघि वोल्ने रामवीर मानन्धर पनिप्रति एमाले मौन देखिएको छ ।
जुन निषेधको राजनीतिक प्रवृत्ती भएको भन्दै स्वयम ओली निकटकै केहि नेताहरुले समेत असहमती जनाएका छन । यता ओली निकट नेता तथा अनुसासन कमिटीका अध्यक्ष केशव वडाल भने भूसाल भने महाधिवेशन माथिकै प्रश्न क्षमायोग्य नभएको बताउछन । पार्टीभित्रका असझदारी सम्बन्धित समितिहरुमा राख्न पाईने भए पनि बाहिर गएर आलोचना गर्न नपाईने उनको तर्क छ । दशौँ महाधिवेशनमा प्रतिस्पर्धा गरिसकेको मान्छेले टेलिभिजनमा ४७ मिनेटसम्म पार्टी अध्यक्षविरुद्ध बोल्नु गल्ती भएको बताउँदै उनले अनुशासन आयोगको बैठकबाट केन्द्रीय कमिटीमा पत्र लेखेको बताएका छन ।
तर ओली भने यसमा मौन देखिएका छन । कोको भूसालको पक्षमा देखिन्छन हेर्न पर्खिरहेको जस्तो देखिएका उनको यहि कदमका कारण एमालेमा पुन संकट देखिने सम्भावना बढेको छ । अझ गज्जब त के छ भने भुसालमाथि अनुशासनको डण्डा चलाउनै लाग्दा एमालेले अहिलेसम्म निर्वाचनमा हारको समीक्षा भने गर्न सकेको छैन । अर्थात आफ्नो गल्ती देख्न र समिक्षा गर्न तयार नहुने ओलीले पार्टीको पराजयको कारण अन्तर्घात भन्दै नेता चिढ्याउने काम गरिरहेका छन ।
फेसबुक प्रतिक्रियाहरु