शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • समाचार
  • काेदालाका बिँड बाहिरबाट आउन भएन, नेपालमै बनाऔँ : जनार्दन शर्मा
समाचार

काेदालाका बिँड बाहिरबाट आउन भएन, नेपालमै बनाऔँ : जनार्दन शर्मा

काठमाण्डाै । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा आवश्यक कृषि मेशिनरी यहीँ नै उत्पादन गर्नुपर्ने बताउनुभएकाे छ । आज आइतवार नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

कृषि मेशिनरी उद्योग खोल्न आग्रह गर्दै अर्थमन्त्री शर्माले आवश्यक कच्चा पदार्थहरूमा पर्याप्त भन्सार छुट दिइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब त कोदालाका बिँड पनि बाहिरबाट आउन थाल्यो । त्यो चाहिँ अब हुँदैन । बिँड बनाउनुस्, बाहिरबाट आउनुभएन । कुटा यही बनाऔँ, बाहिरबाट आउनुभएन । कोदाला यही बनाऔँ, बाहिरबाट आउनुभएन । हामी सबै बाहिरबाट ल्याउँछाैँ भन्ने माग गर्नुभयो भने हाम्रो कुरा मिल्दैन । हामी बनाउँछौँ भन्नुस् । उद्योगहरु सञ्चालन गरौँ । कच्चा पदार्थमा तपाईँहरूलाई पर्याप्त छुट हुन्छ । भन्सार लाग्दैन ।’

विज्ञापन

अर्थमन्त्री शर्माले कृषिमा उत्पादकत्व वृद्धिका लागि मलको आपूर्ति, प्रविधिहरूको हस्तान्तरण र सिँचाइको व्यवस्था लगायतका कामलाई एकीकृत गरी लैजानु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

विज्ञापन

यसैबीच मन्त्री शर्माले किसानहरू हेपिएर देश बन्न नसक्ने भन्दै कृषि क्षेत्रलाई सम्मान र माया गर्न पनि आग्रह गर्नुभएकाे छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस