अखिल (क्रान्तिकारी)मा देखिएको विवाद समाधान गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जिम्मेवारी दिइएको छ ।
नेकपा माओवादी केन्द्रका पूर्व स्थायी कमिटी सदस्यहरूको आज बसेको बैठकबाट विद्यार्थी संगठनमा देखिएको समस्या समाधान गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिइएको पूर्व स्थयी कमिटि सदस्य मात्रिकाप्रसाद यादवले बताए ।
विज्ञापन
एक पक्षीय रूपमा पदाधिकारी घोषणा भएको भन्दै क्रान्तिकारीमा विवाद छ ।
विज्ञापन
त्यसै गरी आज बसेको बैठकबाट पार्टीको केन्द्रीय कार्यालय सञ्चालन गर्न तथा संगठन विस्तार तथा सुदृढीकरणका लागि पार्टीका सबै सदस्यहरूबाट १०० रूपैयाँका दरले संकलन गर्ने निर्णयसमेत भएको यादवले बताए ।
फेसबुक प्रतिक्रियाहरु