आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • घनश्याममाथि डण्डा चलाउन खोजिएपछि एमालेभित्र बबण्डर, मध्यरातमा ओलीलाई योगेशको काउन्टर
समाचार

घनश्याममाथि डण्डा चलाउन खोजिएपछि एमालेभित्र बबण्डर, मध्यरातमा ओलीलाई योगेशको काउन्टर

काठमाडौं । पार्टीको अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भुसालमाथि कारवाही गर्ने तयारीपछि एमालेभित्र बबण्डर मच्चिएको छ घनश्याम भुसालमाथिको तयारीपछि एमाले सचिव योगेश भट्टराईले अध्यक्ष केपी ओलीलाई नै काउन्टर दिएका छन् ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले सही ठाउँमा नपु¥याउने बताएका छन्। पार्टीको अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भुसालमाथि कारवाही सिफारिसको निर्णय गरेका बेला योगेशले सांकेतिक रुपमा असन्तुष्टि जनाएका हुन्। यस्तो निर्णयले पार्टीलाई सही ठाउँमा नपु¥याउने उनको चिन्ता छ।

विज्ञापन

‘अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ,’ उनले भनेका छन्, ‘आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सहि ठाउँमा पु¥याउँदैन। फेरि पनि बादे बादे जायते तत्व बोध।’

विज्ञापन

एमालेमा भट्टराई र भुसाल १० बुँदे सहमति पक्षधर हुन्। यी दुईसहित १० जना नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसँग १० बुँदे सहमति गरेर एमालेमै रहेका थिए।

१० भाइमध्ये डा. भीम रावल र भुसाल नेतृत्वलाई चुनौती दिँदै विधि पद्धतीका लागि भन्दै आफ्नो धारणा राख्दै आएका छन्। स्थानीय तहको निर्वाचनपछि एक अन्तर्वार्तामा भुसालले पार्टी नेतृत्वले गलत नीति लिँदा निर्वाचनमा एमालेले पराजय व्यहोर्नुपरेको भन्दै आलोचना गरेका थिए।

‘पार्टी विभाजन गलत थियो। त्यसमा दीपावली मनाउने कुरा पनि गलत थियो। दुईपटक संसद विघटन गलत थियो,’ भुसालले भनेका थिए। महाधिवेशनमा अपनाइएको प्रक्रियाको पनि उनले आलोचना गरेका थिए। ओलीका पछिल्ला सबै प्रयोग असफल भएको यो निर्वाचनले पुष्टि गरेको उनको तर्क थियो।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस