सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • नेपाली युवा उद्यमी मञ्च चितवनको अध्यक्षमा सूर्यभक्त
समाचार

नेपाली युवा उद्यमी मञ्च चितवनको अध्यक्षमा सूर्यभक्त

चितवन । नेपाली युवा उद्यमी मञ्च चितवनको अध्यक्षमा सूर्यभक्त अधिकारी चयन हुनु भएको छ । शुक्रबार चितवनको जगतपुरमा सम्पन्न पाँचौ अधिवेशनबाट अधिकारी अध्यक्षमा चयन हुनु भएको हो । अधिकारी लामो समयदेखि ईलेक्ट्रोनिक्स व्यवसायमा आवद्ध उदयीमान युवा व्यवसायी हुनुहुन्छ ।
अधिवेशनले मञ्चको प्रथम उपाध्यक्षमा विकल दाहाल, दितिय उपाध्यक्षमा उमेश श्रेष्ठ, सदस्यहरुमा अजय गौतम, गोपाल, गौतम, निशान पौडेल, ई दिपक खनाल, राजन पौडेल, दिलिप पौडेल, सन्तोष कँडेल चयन हुनु भएको छ ।
उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आईएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्र ढकालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष उदिप श्रेष्ठ विशिष्ठ रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले उद्योग वाणिज्य संघको नेतृत्वमा युवाहरु आउनुपर्ने बताउनुभयो ।
युवा व्यवसायीहरुलाई पहिले व्यवसाय गर्न असजह भएपनि अहिले बैंक तथा वित्तिय संस्थाले राम्रो साथ दिएको उल्लेख गर्नुभयो । ढकालले युवा व्यवसायीका लागि महासंघले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष शिरिष पन्त, नेपाल युवा उद्यमी मञ्चका प्रथम उपाध्यक्ष रितेश लामिछाने, उपाध्यक्ष सुवोधमान सैजु, सदस्य पवित्र गौतम, कृष्ण सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम चितवन शाखाका अध्यक्ष राजेश गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।
अधिवेशनको मञ्चका पूर्व अध्यक्ष निरञ्जन न्यौपानेले निर्वाचन समितिको सहजिकरण गर्नु भएको थियो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस