शुक्रबार, चैत्र २८, २०८१
  • होमपेज
  • समाचार
  • विभिन्न दल परित्याग गरी सर्लाहीका एक दर्जन नेता कार्यकर्ता माओवादीमा प्रवेश
समाचार

विभिन्न दल परित्याग गरी सर्लाहीका एक दर्जन नेता कार्यकर्ता माओवादीमा प्रवेश

काठमाडौं। सर्लाहीका विभिन्न दलबाट एक दर्जन बढी नेता कार्यकर्ताहरू पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा भएको कार्यक्रममा उनीहरू पार्टी प्रवेश गरेका हुन्।

पार्टी प्रवेश गर्नेमा एकीकृत समाजवादीका आशाबहादुर ब्लोन, नेपाली काँग्रेसका रोहनबहादुर भुजेल, मुखचन्द्र महतो, रामजीवन साह, उमेश भुजेल, गौतम मोक्तान, बासु आले मगर, गंगाराम राय, रामकुमार सिंह, श्रवणलाल ब्लोन, सुमनलाल ब्लोन, विजय धिङ र ज्ञानबहादुर पाख्रिन रहेका छन्। उनीहरुलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका थिए।

विज्ञापन

 

विज्ञापन

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस