आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनको कडा टक्कर, भर्चुअल बैठकले महासचिव चयन नगर्ने
समाचार

महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनको कडा टक्कर, भर्चुअल बैठकले महासचिव चयन नगर्ने

माओवादी केन्द्रले तत्काल महासचिव नछान्ने भएको छ । माओवादीले आज २० जेठका लागि तय गरेको केन्द्रीय कमिटीको बैठकले महासचिव छनोट प्रक्रिया अगाडि बढाउने तयारी थियो । २०७८ फागुन २० गते बसेको केन्द्रीय कमिटीको बैठकमा महासचिव र पार्टी पदाधिकारीहरु चयन गर्ने एजेण्डा राखिएको थियो ।

 

विज्ञापन

त्यतिबेला आन्तरिक रुपमा केही विवाद भएकोले स्थानीय चुनावअघि नगर्ने भनेर माओवादीले जेठ २० गतेको केन्द्रीय कमिटी बैठकमा चयन गर्ने भनेको थियो । तर, माअ‍ोवादीले यो जेठ २० गतेको केन्द्रीय कमिटीको बैठक भौतिक उपस्थिति विना नै भर्चुअल बैठकको रुपमा रुपान्तरण गरेको छ । २०७९ जेठ १८ र १९ गते नवनिर्वाचित स्थानीय तहका प्रमुखलाई प्रशिक्षण दिएपछि केन्द्रीय कमिटीको बैठक संकुचनमा परेको हो ।

विज्ञापन

माओवादी केन्द्रका नेताहरुका अनुसार अहिले महासचिव चयनको विषय प्रचण्डका लागि समस्या परेको छ । अहिले महासचिवका दाबवेदार जनार्दन शर्मा र वर्षमान पुन हुन् । संगठनमा बलियो भएका पुन पछिल्ला दिनमा स्वास्थ्य समस्याका कारण लामो समय देशबाहिर भए ।

 

यसवीचमा शर्माले आफ्नो संगठनमात्रै विस्तार गरेनन, प्रभाव र विश्वास पनि बढाएका छन् । त्यसमाथि अर्थमन्त्री भएपछि शर्माले पार्टीभित्र आफ्नो शक्ति आर्जन गरेका छन् ।

 

केन्द्रीय कमिटीमा आफ्नो बलियो उपस्थिति बनाएका छन् । त्यसैले यी दुईको प्रतिस्पर्धामा प्रचण्डले एउटा धार लिन नसक्दा महासचिव चयन प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

 

अर्थमन्त्री भएपछि केही विवादास्पद निर्णयले भने शर्मामाथि पार्टीभित्र पनि राजीनामा दिन दबाब बढेको छ । मिडियाले पनि शर्मामाथि दबाब बढाएका छन् , त्यही बेलामा पुनको सक्रियता बढेको छ । यद्यपि, पछिल्ला दिनमा पुन र शर्माको सम्बन्ध सुधार भएजस्तो पनि देखिने गरेको छ ।

 

सार्वजनिक रुपमा शर्माको बचाऊमा लागेर पुनले महासचिवका लागि आफ्नो सर्वस्वीकार्यता बढाउने रणनीति पनि अख्तियार गरेको देखिन्छ । तर, प्रचण्ड भने अहिले नै महासचिव चयन नगर्ने मुडमा पुगेका छन् ।

कम्तिमा एक महिनाअघि महसचिव चयन नहुने माअ‍ोवादी नेताहरुले बताएका छन् । अर्को केन्द्रीय कमिटी बैठकमात्रै यो विषयले प्रवेश पाउने पनि उनीहरुको भनाइ छ । हुन त, पुन र शर्माले आफू हुन नपाएको अवस्थामा अर्को पनि नहोस् भन्नका लागि बरु महासचिव चयन नहोस् भन्ने मुडमा पनि देखिन्छन् ।

यता, माओवादीमा नारायाणकाजी श्रेष्ठ समूह भने निकै असन्तुष्ट रहेको देखिएको छ । अर्थमन्त्री शर्माले ल्याएको बजेटमा श्रेष्ठले राष्टियसभा र उनीनिकट अर्का नेता गिरिराजमणि पोखरेलले प्रतिनिधिसभामा प्रश्न उठाएका छन् ।

 

कांग्रेसका मिनेन्द्र रिजालदेखि पुष्पा भुसालसम्मले समर्थन गरेको बजेटमा श्रेष्ठले एमसीसीको बजेटको विषय उठाएर शर्मामाथि प्रश्न उठाएका छन् अनि पोखरेलले स्वास्थ्य वीमासम्बन्धी प्रश्न उठाएका छन् । सभामा बोल्ने क्रममा यी दुवै जनाले नेताले प्रश्न उठाएका कारण उनीहरु माओवादीभित्र चर्को असन्तुष्टमा छन् भन्ने आभास मिल्छ । साँघु न्यूज

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस