आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • कांग्रेससँगको गठबन्धन कालान्तरसम्म चिरस्थायी हुन सक्दैनः लीलामणि पोखरेल
समाचार

कांग्रेससँगको गठबन्धन कालान्तरसम्म चिरस्थायी हुन सक्दैनः लीलामणि पोखरेल

काठमाडौं, २० जेठ । नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले अहंकार देखाएको आरोप लगाएका छन् ।
पत्रकारसँग कुरा गर्दै नेता पोखरेलले भने, “प्रचण्डले नेपाली कांग्रेसले अहंकार देखाएको भन्नु सही हो । उसको दम्भका कारण काठमाडौंमा माओवादी केन्द्रले एउटा पनि वडा पाएन । ललितपुरको हाम्रो उपमेयरको उम्मेदवारलाई कांग्रेसले भोट दिएन । दाङमा हाम्रो मेयरको भन्दा कांग्रेसको उपमेयरको भोट बढी आयो । अरु थुप्रै जिल्लामा गठबन्धनको सहमति तोडिएका छन् ।”

माओवादी केन्द्रका नेता पोखरेलले कांग्रेससँगको गठबन्धन चिरस्थायी नभए पनि संघीय निर्वाचनसम्म जाने बताए । उनले भने, “यो गठबन्धनको उद्देश्य अझै पूरा भएको छैन । निर्वाचित जनप्रतिनिधिको संस्था बनेपछि मात्र संविधानको रक्षा हुन्छ । त्यसका लागि विश्वासको वातावरण चाहिन्छ । हामीलाई के थाहा छ भने नेपाली कांग्रेससँगको गठबन्धन कालान्तरसम्म चिरस्थायी हुने होइन । तर अहिले नै तोडिहाल्ने बेला भएको छैन । यसलाई बचाउने मुख्य जिम्मेवार नेपाली कांग्रेसको हो । यो कुरा शेरबहादुर देउवाले बुझ्नुभएको छ । तर कांग्रेसमै अन्तरविरोध छ ।”

विज्ञापन

पाँच दलीय गठबन्धन तोडेर प्रचण्ड प्रधानमन्त्री बन्ने कि नबन्ने भन्ने पत्रकार धमलाको प्रश्नमा पोखरेलले भने, “केपी शर्मा ओली वा अरु कसैले राजनीतिक समीकरण फेर्न त्यस्तो कुरा गर्न सक्छ । तर यसबाट हामी विचलित हुँदैनौं । एमालेसँग जानुअघि कांग्रेसले चुनाव ५ वर्षका निम्ति प्रधानमन्त्री हुनोस् भन्दा नमानीकन हामीले केपी ओलीलाई प्रधानमन्त्री बनाएका हौं । अब माओवादीको समर्थनबिना कसैले केही गर्न सक्दैनन् । केपी ओलीले असार १७ गते गठबन्धन टुट्ने भविष्यवाणी गर्नुभएको छ । उहाँले कुन ज्योतिषलाई हेराएर गर्नुभएको हो, मलाई थाहा छैन ।”

विज्ञापन

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस