प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टीभित्रकै अनुशासनहीनताले केही जनमत गुमाउनुपरेको बताएका छ्न्।
पार्टीको जनसंगठन समन्वय संयन्त्रको बैठकलाई बिहीबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
विज्ञापन
संयन्त्रका संयोजक कमरेड भानुभक्त ढकालको अध्यक्षतामा बसेको उक्त बैठकमा बोल्दै अध्यक्ष ओलीले पार्टी नेता र कार्यकर्ता पंक्तिले निष्ठा गुमाउँदा केही जनमत गुमाउनु परेको टिप्पणी गरेका छन्।
विज्ञापन
‘स्थानीय तहमा जस्तो अनुशासन र निष्ठा गुमाउने काम नगरौँ’, उनले सम्बोधनका क्रममा भने, ‘हामी स्थानीय तह निर्वाचनमा अरुले गर्दा कमजोर भएका होइनौँ, आफ्नै कारणले जनमत गुमायौँ।’
ओलीले पार्टीभित्रको अनुशासनहीनता गम्भीर विषय भएको बताउँदै आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनसम्म यसलाई करेक्सन गरेर जानुपर्नेमा जोड दिए।
‘अब हामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा जुटौँ। तर स्थानीय तह निर्वाचनमा जस्तो अराजकता त्यहाँ दोहोरिनु भएन’, ओलीले बैठकमा भने, ‘अहिलेको जस्तो पार्टी संगठनभित्रको अनुशासनहीन अवस्थालाई सच्याएर दुवै तहको निर्वाचनको अहिलेबाटै तयारी थालौँ।’
फेसबुक प्रतिक्रियाहरु