सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • मिरुनासँग माफी माग्दै उपेन्द्रले भने, ‘हाम्रो समाज साम्प्रदायिक भइसकेछ पत्तै भएन’
समाचार

मिरुनासँग माफी माग्दै उपेन्द्रले भने, ‘हाम्रो समाज साम्प्रदायिक भइसकेछ पत्तै भएन’

लेखक, कवि तथा कलाकार उपेन्द्र सुब्बाले अभिनेत्री मिरुना मगरमाथि भएको दुर्व्यवहारको घटनाबाट सिर्जित परिस्थिति प्रति दुःख व्यक्त गरेका छन् । दुर्व्यवहार भोगेकी मिरुनामाथि गाली बर्सिरहेकोमा उनले आपत्ति जनाएका हुन् ।

उनले लेखेका छन्, ‘पहिचानको पक्षमा बीस वर्ष यता निरन्तर लेख्दै बोल्दै आएको म एउटा सानो लेखक । तर मलाई पत्तै भएन हाम्रो समाज यती सङ्किर्ण र साम्प्रदायिक भइसकेछ । पहिचानको आन्दोलनले हामीबाट मेरो भन्ने भइसकेछौँ । मेरो जाति, मेरो भाषा,मेरो मान्छे ..यतिसम्म कि हाम्रो जति सबै राम्रो भन्ने भई सकेछौँ । होइन भने त जो जो ले मिरुना मगरलाई तथानाम गाली गर्दै हुनु हुन्छ, फुर्पा भाइको ठाउँमा अरू कोही बाहुन पुजारी कि त क्रिश्चियन पास्टर भएको भए पनि यसोरी नै गाली बेइज्जत गर्नु हुन्थ्यो होला ?

विज्ञापन

म त आदिवासी हुनुमा गर्व गर्थेँ। तामाङ, गुरुङ, मगर, शेर्पा, राई, लिम्बु सब एकै हो सोच्थेँ । यस्तो कुरुप समाज बन्नमा मेरो पनि सानो हात छ । सरी नानी ???’

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस