आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक एफजेड–एक्स १५० आजबाट चितवन बजारमा
समाचार

यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक एफजेड–एक्स १५० आजबाट चितवन बजारमा

भरतपुर ।

यामाहाको बहुप्रतिक्षित बाइक एफ जेड एक्स १५० को नविन अटो सेन्टर,नारायणढले आजबाट बिक्री बितरण सुरु गरेको छ । नविन अटो सेन्टरका संचालक कपिल सागर कर्माचार्य ज्युले जानकारी दिनु भयो । चितवन स्थित यामाहाका लागि आधिकारिक विक्रेता नविन अटो सेन्टरले चितवन उधोेग बाणिज्य संगका अध्यक्ष श्री चुन नारायण श्रेष्ठ आतिथ्यमा गत बुधबार उक्त बाइक सार्वजनिक गरेको हो । ‘राइड फ्रि’ अवधारणाका साथ तयार पारिएको यस मोटरसाइकल विशेषगरी स्वतन्त्र, सहज र आरामदायक यात्रा गर्न रुचाउने बाइकप्रेमीलाई लक्षित गरी तयार पारिएको बाइक रहेको कम्पनीले बताएको छ ।

विज्ञापन

यस अल न्यू एफ जेड एक्स १५०, फ्युल–इन्जेक्टेड (FI) र भारत स्टायाण्डर्ड ०६, एयर–कूल्ड, १५० सीसी ब्लू कोर इन्जिन र ५–स्पीड गियर बक्सका साथ तयार पारिएको बाइक हो । यसले ७२५० आरपीएममा १२.४ पीएस अधिक्तम पावर तथा ५५०० आरपीएममा १३.३ एनएम टर्क जेनेरेट गर्दछ । यामाहाका अन्य मोटरसाइकलहरूभन्दा अलि फरक प्रयोजनका निम्ति तयार पारिएको यस मोटरसाइकलको हरेक ‘डिटेल’ चालकलाई विशेष ध्यानमा राखी तयार पारिएको कम्पनीको दाबी छ ।

विज्ञापन

उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टू–लेभल सिट’, बलियो ‘ब्लक प्याट्रन टायर’, ‘फ्रण्ट फोर्क बुट’ का साथ स्थिर टेलिस्कोपिक सस्पेन्सन र ब्लुटूथ कनेक्टिभिटीजस्ता बिशेषताले यस बाइकलाई बलियो, आकर्षक र स्मार्ट बनाएको यामाहा नेपालका एरिया सेल्स म्यानेजर दिपक बिश्वकर्माले बताएका छन् । साथै, डिआरएलका साथ बाइ फङ्सनल एलईडी हेडलाइट र ओभल सेपको एलईडी रिङ टेललाइटले बाइकको भिज्यूअललाई थप आकर्षण प्रदान गरेको बिश्वकर्माले उल्लेख गरेका छन् । नेपालभरिका यामाहाको शोरुममा उपलब्ध हुने जनाइएको एफ जेड एक्स १५० को मूल्य ४,२६,९००÷– रहेको कम्पनीले जनाएको छ ।

यसका अतिरिक्त, कम्पनीले आफ्नो नयाँ स्किम “रोड टू मोटो जिपी” पनि सार्वजनिक गरेको छ । “रोड टू मोटोजिपी“ यामाहा बाइक खरिदकर्ताहरूका लागि त्यस्तो स्किम हो जसमा चार भाग्यशाली विजेताहरूले यामाहा प्याडकबाट च्याङ अन्तर्राष्ट्रिय सर्किट, थाइल्याण्डको प्रत्यक्ष मोटोजिपी प्रसारण हेर्ने सुवर्ण अवसर पाउनेछन् । यो स्किम आजबाट यामाहाका जुनसुकै बाइक र स्कुटरको खरिदमा लागू हुने कम्पनीले जनाएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस