हालै विवेकशील साझा पार्टीको नेतृत्वबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफू खुइलिएको बताएका छन् ।
उनले केही मित्र भनिएकाहरूबाटै विगतमा आफूलाई खुइल्याइने गरिएको र त्यसमा आफूहरूको राजनीतिक अभिष्ट रहेको हाकाहाकी भन्ने गरेको उनको भनाइ छ ।
विज्ञापन
अहिले कटाक्ष गर्दै आफू अहिले मित्रहरूले भनेजस्तै खुइलिएको र उनीहरूको राजनीतिक अभिष्ट पुरा भएको बताएका छन् ।
विज्ञापन
ती (अ)मित्र(हरू)मा समर्पित भन्दै मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसले मलाई प्रत्यक्ष भेटमा सीधै भनेका थिए, तपाईंलाई नखुइल्याई त मेरो–हाम्रो राजनीतिक अभिष्ट नै पुरा हुँदैन नि ! अब म खुइलिएँ। तपाईं(हरू)को राजनीतिक अभिष्ट पूरा होस् । यो देश हाम्रै जीवनकालमा रुपान्तरण होस्। तपाईं(हरू)लाई शुभकामना छ ।’
स्थानीय निर्वाचनमा पार्टीले लज्जास्पद पराजय भोगेपछि मिश्रले पदबाट राजीनामा दिएका थिए । उनी साधारण सदस्य भने कायम छन् ।
फेसबुक प्रतिक्रियाहरु