आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • स्थापितको त्यहि कमजोरीमा टेकेर बालेनले बाजी मारे , जुुन कुरा स्थापितले बुझ्नै सकेनन् !
समाचार

स्थापितको त्यहि कमजोरीमा टेकेर बालेनले बाजी मारे , जुुन कुरा स्थापितले बुझ्नै सकेनन् !

स्थानिय तहको निर्वाचन परिणाम बारे अहिले पनि विभिन्न कोणबाट चर्चा परिचर्चा चलिरहेकै छ । देशकै राजधानी रहेको काठमाडौँमा प्रमुख दलहरुलाई नमिठो पराजयको धक्का दिँदै स्वतन्त्र उमेदवार बालेन शाहले बाजी मारे पछि राष्ट्रिय मात्रै होइन अन्तराष्ट्रिय रुपमानै यसले गतिलै बहस ल्याएको छ ।

जम्माजम्मी ३० बर्षिय बालेन शाहले २५ बर्ष अघिनै काठमाडौँको मेयरको कुर्सीमा राज गरिसकेका केशव स्थापित र सरकारको नेतृत्व गरिरहको दल नेपाली काग्रेस सहित माओवादी समाजवादी सहितको गठबन्धनलाई पराजित गर्दैै मेयरमा निर्वाचित हुनु चानचुने कुरा थिएन ,जुन कुरा बालेनले पुरा गरेर देखाइदिए ।

विज्ञापन

यस पटकको निर्वाचनमा गठबन्धनकी उमेदवार सिर्जना सिंहको खासै चर्चा भएन । चर्काको केन्द्रमा एमाले उमेदवार केशव स्थापित र स्वतन्त्र उमेदवार बालेन शाह रहे । रोचक संयोग कस्तो भने स्थापित र बालेन दुवै आफ्नो बोलीका कारण चर्चामा रहे फरक यतिमात्रै होकि एकजना सकारात्मक र एकजना नकारात्मक तरिकाले ।

विज्ञापन

एमाले उमेदवार केशव स्थापितले ओभर कन्फीडेन्ट देखाइरहे कति सम्म भने गेम इज ओभर भन्दै उनले निर्वाचन केवल औपचारिकताका लागी मात्रै गर्नु परेको र चुनाव आफुले जितीसकेको दाबी गरे । उनले कतिपय अवस्थामा महिलामाथी अमर्यादित किसीमले प्रस्तुत हुने देखी बालेन माथी समेत ठगको आरोप लगाए जुन उनकै लागी प्रत्युत्पादक सिद्ध भयो ।

स्थापीत उत्तेजित हुँदै जाँदा बालने भने निकै शान्त र संयमित हुँदै गएका थिए । आफुलाई ठग भन्ने स्थापितलाई समेत उनले बुवा भनेर सम्बोधन गरेर जनतको मनमा कब्जा जमाउँन सफल भए । आफ्नो चर्चा गरिदिएको स्थापितले ब्राण्ड एम्बासडरको भूमिका निर्वाह गरेका भन्दै उनले धन्यवाद नै दिए । बालेनको यस्तो प्रस्तुतीले धेरेको मन जितको थियो ।

स्थापितले गाली नगरि चुनाव जितिँदैन भन्ने मानक स्थापित गराउँदै थिए भने बालेनले भने गाली नगरि भने चुनाव जित्न सकिन्छ भन्ने सभ्यता र संस्कारको स्थापना गर्न खोजेका थिए । यही कारण उनले असहज परिस्थीतीमा पनि सहज जित निकाल्न सफल भएको विश्लेषण हुने गरेको छ ।

अझ रोचक कुरा त के छ भने बालेनले स्थानिय तहको निर्वाचन मिती घोषणा हुन भन्दा पहिलेनै स्थापितको घरैमा पुगेर लामो कुरा गरेका रहेछन् । काठमाडौँमा के के गर्न सकिन्छ ? सम्भावना , अवसर र चुनौती के के छन् भनेर उनले घण्टौँ सम्म कुरा गरेका रहेछन् यहि कुराले पछि उनीमा धेरै कुराको आइडिया आएको बताइन्छ ।

नरम तरिकाले विपक्षीको कुरा लिने र मतदातको मन जित्ने कुरामा बालेन माहिर सिद्ध भएका छन् । आफुलाई प्रतिष्पर्धीनै नदेख्ने दलहरुलाई पराजयको नमिठो स्वाद चखाएर आफ्नो लागी बधाइ र शुभकामनाको शब्द लेख्ने बनाउँनु कम चानचुने कुरा थिएन जुन बालेनले गरेर देखाइदिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस