आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • हराएको जहाज मौसम खराबीका कारण खोज्न सकिएन, अब भोलि खोज्छौं- पर्यटनमन्त्री आले
समाचार

हराएको जहाज मौसम खराबीका कारण खोज्न सकिएन, अब भोलि खोज्छौं- पर्यटनमन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले खराब मौसमका कारण आज हराइरहेको तारा एयरको विमान खोज्न नसकिएको बताएका छन् ।

सदनमा बोल्दै उनले आज दिनभर स्थलमार्ग तथा हवाई मार्गबाट हराइरहेको विमानको खोजी गरिए पनि भेट्न नसकिएको बताएका हुन् ।

विज्ञापन

‘वायु यान खोजतलासका लागि फिस्टेल एयरको हेलिकप्टरलाई पठाउँदा पनि मौसम खराबीको कारण जोमसोम फर्किएको थियो,’ आलेले भने, ‘मौसममा सुधार आएपछि १२:४३ मा पुनः जोमसोमबाट सम्भावित स्थलमा हेलिकप्टर गएको तर पनि नभेटिएपछि पोखरा र जोमसोममा स्ट्याण्डबाई हेलिकप्टर राखिएको छ ।’

विज्ञापन

मौसम खराब भएका कारण कैलाश, डायनास्टिक र अल्टिच्युडको जम्मा तीन वटा हेलिकप्टर पोखरामा स्ट्याण्डबाई राखिएको तथा नेपाली सेना र फिस्टेल एयरको २ वटा हेलिकप्टर जोमसोममा राखिएको उनले बताए । भोलि (सोमवार) बिहानदेखि नै हराइरहेको विमान खोजी गरिने उनले बताए ।

‘भोलि बिहानै उद्धारको निम्ति टोली स्ट्याण्डबाई बसेको छ,’ उनले भने, ‘स्थलमार्ग तथा हवाई मार्ग दुवैबाट खोजी कार्य युद्धस्तरमा अगाडि बढाइनेछ ।’

सुरक्षाकर्मीका साथसाथै नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियरसहितको टोली पनि त्यहाँ स्ट्याण्डबाई रहेको उनले बताए ।

आज विहान ९:५५ मा पोखराबाट १९ यात्रु र तीन जना चालक दल सहित जोमसोमका लागि उडेको तारा ट्विनअटर विमान अन्तिम पटक जोमसोम टावरसँग १०:११ मा सम्पर्कमा आएको तर त्यसपछि सम्पर्कविहीन भएको उनले सदनमा जानकारी दिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस