शुक्रबार, अशोज ३०, २०८२
  • होमपेज
  • समाचार
  • निर्वाचन सकियो भनेर थकाई मार्ने छुट पार्टीका कुनै पनि नेतारकार्यकर्तालाई छैन
समाचार

निर्वाचन सकियो भनेर थकाई मार्ने छुट पार्टीका कुनै पनि नेतारकार्यकर्तालाई छैन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश र संघको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

अध्यक्ष लिङ्देनले प्रदेश र संघको निर्वाचन सम्मुखमा रहेको उल्लेख गर्दै त्यसको तयारीमा जुटन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका हुन्। पार्टी स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्थानीय तहको निर्वाचन सकियो भनेर थकाई मार्ने छुट पार्टीका कुनै पनि नेता, कार्यकर्तालाई नरहेको पनि स्पष्ट पारे।

विज्ञापन

स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी नयाँ शक्तिको रुपमा उदाएको सन्देश दिन सफल भएको दावी गर्दै अध्यक्ष लिङ्देनले अब प्रदेश र संघको निर्वाचनको परिणामलाई आफ्नो पक्षमा पार्न सिंगो पार्टी पंक्ति एकतावद्ध भएर अघि बढ्नुपर्ने बताए।

विज्ञापन

अध्यक्ष लिङ्देनले सत्तारुढ र प्रतिपक्ष दल आवद्ध दुई छुट्टाछुट्टै गठबन्धनको चपेटाको बीचमा पनि पार्टीको तर्फबाट विजयी हुन सफल जनप्रतिनिधिहरु बधाईको पात्र भएको भन्दै उनीहरुको कार्यकालको सफलताको पनि शुभकामना व्यक्त गरे।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस