काठमाडौं । नेकपा (एकिकृत समाजवादी) निकट अनेरास्ववियूका उपमहासचिव मेघनाथ चापागाई अन्ततः पुन पार्टीमै फर्किएका छन् ।
स्थानीय तह निर्वाचन अघि उनी एकिकृत समाजवादी छाडेर एमाले प्रवेश गरेका थिए ।
विज्ञापन
स्याङजाका चापागाईँले निर्वाचन लगत्तै एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेर आफु पुनः पार्टीमा फर्किएको बताएका हुन् ।
विज्ञापन
चापागाईँले आफु भुलबस र बाध्यताबस बाटो बिराएको पनि बताएका छन् ।
उनले लेखेका छन्-
‘आस्थाका धरोहर आदरणीय नेता श्रदेय अध्यक्ष कमरेड माधव नेपाल सङ
परिस्थितिजन्य कारणले विवशतावस केही समय बाटो अलमल र केही फरक जस्तो देखितापनि म आफ्नो मूल राजनीतिक मान्यता र संगठनप्रति प्रतिबद्ध रहेको कुरा सबैमा जानकारी गराउॅछु । मलाई माया गर्ने सबै प्रति आभारी छु र यहॅाहरूको मायालाई अब कहिले पनि तलमाथि हुन दिने छैन ।’
हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) -जिन्दावाद ।
अनेरास्ववियू जिन्दावाद ।
फेसबुक प्रतिक्रियाहरु