मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • प्रचलन
  • घरमा लक्ष्मी माताको कृपा पाउन गर्नुहोस् यी कार्य
प्रचलन

घरमा लक्ष्मी माताको कृपा पाउन गर्नुहोस् यी कार्य

महिलालाई घरको लक्ष्मी मानिन्छ।

महिला जसको घर जान्छिन् त्यस घरको परिवारको भाग्य र सफलता उनीसँग जोडिएको मानिन्छ ।तर ज्योतिष शास्त्रका अनुसार केही यस्ता कामहरु हुन्छन् जसलाई महिलाहरुले राति गर्नुहुँदैन ।

विज्ञापन

यसका कारण उनीहरुको समेत भाग्य फेरिने गर्छ।महिलाहरुले यस्ता कामहरु राति नगरेकै राम्रोः१) सुर्यास्त पछि महिलाहरु कसैको घरमा पनि दुध, दही, नुन, तेल र प्याज लिन जानु हुँदैन।

विज्ञापन

यसो गर्नाले उनीहरुको जीवनमा बाधाहरु आउने गर्छन् र धेरै कष्टको सामना गर्नुपर्ने हुन्छ।

२) ज्योतिष शास्त्रका अनुसार महिलाहरुले सुत्नु अघि कपाल नुहाउनुहुँदैन। यस्तो गर्नु हानिकारक हुन्छ।

३) महिलाहरुले रातमा जुठा भाँडाहरु भान्छामा राख्नुहुँदैन। यदि राख्नै परेको खण्डमा पनि भान्सा कोठा वा घरभन्दा बाहिर राख्नुपर्ने हुन्छ। माथि उल्ल्खित ३ काम गरेको खण्डमा लक्ष्मीको बास हुन्छ भने वैभव, सम्पन्नता घरमा आउँँछ।

यी काम गरेमा फाइदा हुनेछ,ज्योतिष शास्त्रका अनुसार घरकी महिलाले हप्तामा एकपटक घरमा रहेका सबै कोठामा कालो नुन पेपरमा बेरेर राख्नु पर्छ।

यस पश्चात बिहान उठेपछि कसैसँग नबोली कागजमा राखिएको नुनलाई बाहिर फाल्नुपर्छ। यसले घरमा उत्पनन भएका नकारात्मक उर्जा बाहिर निकाल्न मदत गर्छ।

रातमा सुत्नुअघि घरभित्र रहेको कुच्चो दक्षिण पश्चिम दिशामा लुकाएर राख्नुपर्छ। यसले धन लाभ गर्छ।राती सुत्नुअघि भान्छामा एक बाल्टी पानी भरेर राख्नुहोस्। यसले घरमा सुख-समृद्धिको बास गराउँछ। खाली बाल्टी राख्नुले घरमा चिन्ता भर्ने काम गर्छ।

थप समाचार :नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन् । यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ । नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नहुने ।नीमका डाँठ, जरा, बोक्रा र फल सबैमा शक्तिवर्द्धक तत्व विद्यमान हुन्छन् अनि रोगविरुद्ध लड्छन् ।

यसको बोक्रा विशेषगरी औलो र छालासम्बन्धी रोग निको पार्नका लागि उपयोगी हुन्छन् ।नीममा मधुमेह, क्यान्सर, मुटुरोग, एलर्जी लगायतका कैयौं रोगसँग लड्ने क्षमता हुन्छ । आयुर्वेदमा यसलाई सर्वरोगनिवारिणी भनिएको छ ।पृथ्वीमा जीवन सूर्यको शक्तिबाट नै चलेको हुन्छ । सूर्यको ऊर्जाबाट जन्मेको तमाम जीवहरूमा नीमले नै सबभन्दा बढी सूर्य ऊर्जा सोसेको छ ।

त्यसैले यसलाई रोगनिवारक मानिएको छ । नीमको एक पातमा १५० भन्दा धेरै रासायनिक प्रबन्ध हुन्छ । यस धर्तीमा पाइने पातहरूमा नीमको पात नै सबैभन्दा जटिल हुन्छ ।नीमको पातले मानसिक रोग, दन्तरोग, छालाको रोग लगायत धेरै रोग निको पार्छ । तपाईंले घरमा नीम रोप्नुभएको छ भने तपाईंमा यसको राम्रो प्रभाव पर्छ ।

शरीरमा करोडौं ब्याक्टेरिया हुन्छन् । तीमध्ये धेरैजसो ब्याक्टेरियाहरू हानिकारक हुन्छन् । ती हानिकारक ब्याक्टेरियालाई मार्नका लागि नुहाउनुअघि शरीरमा नीमको लेप लगाउनुस् र शरीरमै सुक्न दिनुस् । त्यसपछि पानीले मजाले धुनुस् । तपाईंको शरीरका सारा ब्याक्टेरिया नष्ट हुन्छन् । यसको विकल्पमा नीमका केही पात पानीमा राखेर रातभरि छोडिदिनुस् अनि बिहान उठेर त्यो पानीले शरीर नुहाउनुस् ।नीमले तपाईंको शरीर प्रणालीलाई सफा राख्छ । यसले गर्मी पैदा गर्छ र शरीरमा तीव्र एवं प्रचण्ड ऊर्जा उत्पन्न गराउँछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस