काठमाडौं । चितवनको कालिका नगर एमाले उपाध्यक्ष तथा पूर्व मेयर खुमनारायण श्रेष्ठ (गोपी) का पिए (स्वकीय सचिव) दिपक लामिछाने विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौंमा उजुरी परेको छ ।
नगरपालिकाको कम्प्युटर अपरेटर पदमा करार नियुक्ती भएका लामिछाने करिब ५ वर्ष मेयर श्रेष्ठको सहयोगी भई काम गरेका थिए ।
विज्ञापन
लामिछाने हाल एमाले कालिका नगर कमिटी उपाध्यक्ष समेत हुन् । उनले पालिकामा रहेर विभिन्न विकास निर्माण तथा योजनाबाट मोटो रकम कमिशन असुल गरी घर, घडेरी, जग्गा जमिन किनेको तथा विभिन्न कम्पनीहरुमा शेयर हालेको आरोप लागेको छ ।
नगरपालिकाको सरकारी गाडी सबैभन्दा धेरै दुरुपयोग गरी व्यक्तिगत काम र ससुराली, आफन्तकोमा आउजाउमा प्रयोग गरेको समेत आरोप लागेको छ । उनी अहिले पनि नगरपालिकाको करार कम्प्युटर अपरेटर हुन् । मेयर गोपी श्रेष्ठको पदावधि सकिएपनि उनको नगरपालिकामा फुर्तिफार्ती भने उस्तै रहेको एक कर्मचारीले बताए ।
विज्ञापन
विगत ४ वर्षदेखि उनले सरकारी पल्सर मोटरसाइकललाई व्यक्तिगत नम्बर प्लेट हालेर दुरुपयोग समेत गर्दै आएका छन । एमाले नगर उपाध्यक्ष लामिछानेले विदाको दिन, निर्वाचनको समय र मतगणनाको समयमा पनि सो बाईक दुरुपयोग गरी रहेको देखिन्थ्यो । अकुत सम्पती जोडनमा मेयर गोपि श्रेष्ठको पनि सहयोग रहेको नगरपालिकाका कर्मचारीहरुको आरोप छ । लामिछाने विरुद्ध अख्तियारमा दर्ता नं. सि. ०४२३६६ मा उनको मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक कर्मचारीले जानकरी दिए । जनसवालबाट
फेसबुक प्रतिक्रियाहरु