आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • एमाले हारेको छैन, गठबन्धन गरेर जित्नु त्यो हार हो : टोपबहादुर रायमाझी
समाचार

एमाले हारेको छैन, गठबन्धन गरेर जित्नु त्यो हार हो : टोपबहादुर रायमाझी

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले एमालेको हार नभएको गठबन्धन गरेर जित्नु त्यो हार भएको बताएका छन् ।

राजनीति पार्टीहरु राष्ट्र र जनताप्रति जिम्मेवार भएर विकास र समुद्धिको खाका र एजेण्डा र घोषणापत्र लिएर जानु पर्नेमा यसपालि सत्तापक्षमा महागठबन्धन गरेर विपक्षको विरुद्धमा बसेको पार्टीलाई सत्ता मानेर सरकारमा बसेर महागठबन्धन गरेकोले असहज भएको बताए ।

विज्ञापन

गठबन्धनमा भएको पार्टीहरु एक्ला–एक्लै भएको भए अहिले पनि नेकपा एमालेले शक्तिशाली पार्टी र अहिले पनि एक्ला–एक्लै भएको भए दुईतिहाइ बहुमत ल्याउने, उनले बताएका छन् ।

विज्ञापन

अहिले एमालेको भोट बढेको र अहिले हारेर निरास हुनुपर्ने अवस्था नरहेको र यो गठबन्धनबाट नयाँ धुवीकरण हुने र अहिले पार्टी एकता र गठबन्धनको सम्भावना नरहेको, उनले बताए ।

आफुहरुले गठबन्धनलाई भन्दा बढी धुवीकरणलाई प्राथमीकता दिने र माधव नेपालसँग फेरी पनि एकताको सम्भावना रहेको उनले बताए ।

उनले भने– ओली जी नेकपा एमालेले हारेको ठानेको छैन, उहाँहरुले वास्तवमा गठबन्धन गरेर जो जितिरनु भएको छ त्यो उहाँहरुको हार हो, त्यो त अर्काको तावामा रोटी सेकोर खाएको हो । हिम्मत भए त अलग–अलग आफनो विचार र पार्टीमा आफनो शक्तिको आधारमा लड्ने हैसियत राख्नु पर्छ नि! अर्काको बैशाखी टेकेर हिडिराछ अनि पछि मैले जिते भनेर ठुलो कुरा गरेर, अर्काको बैशाखी निकाले पछि के हुन्छ, एमाले आफनै खुट्टामा, विचारमा हिडेको छ, आफनो योजनामा प्रतिवद्ध भएर अगाडी बढे्को छ, तर उहाँहरु अर्काको बैशाखी लाएर हिडिरहनु भएको छ, उनले भने ।

पहिलानै प्रचण्डले ३ वर्ष पार्टी छोडेको र आफनो पार्टी फुटाएर प्रधानमन्त्री ढालेर अहिले प्रचण्ड कांग्रेसको पुच्छर भएर हिडेको प्रचण्डसँग अहिले पार्टी एकता नहुने बताएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस