शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • समाचार
  • माओवादीको घोडा चढेर कांग्रेसले जितेको छः विष्णु रिजाल
समाचार

माओवादीको घोडा चढेर कांग्रेसले जितेको छः विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले माओवादीको घोडा चढे्र कांग्रेसले जितेको दाबी गरेका छन् ।

अहिले नेकपा एमालेको जनमत बढेको र आफुहरुले तराई क्षेत्रमा ध्यान पुर्‍याउन नसकेको मधेसको नेतृत्वले राम्रोसँग काम गर्न नसकेको, उनले बताएका छन् ।

विज्ञापन

कमी कमजोरीलाई सच्चयाउने र केपी शर्मा ओलीको नेतृत्वमा एकताबद्ध, सक्रिय, गतिशिल र लोकप्रिय पार्टीरुपमा आफुहरु अगाडी बढने बताए ।

विज्ञापन

आफुहरुले पहिला जितेको ठाउँमा हारेको त्यसको फाईदा कांग्रेस र माओवादीले उठाएको र स्थानीय तहलाई संघिय संरचनाको आधारभुत एकाई कतिको प्रभावकारीरुपमा चलाउन यो सम्पूर्ण दलहरुको लागि समिक्षाको विषय भएको उनले बताए ।

स्वतन्त्र उम्मेदवारलाई भोट दिनु दलहरु प्रतिको असन्तुष्टि भएकोले र आफुहरु दोस्रो दल भएको यो कुरा स्वीकार गरेर जनताले जे जनादेश दिएको छन् त्यसलाई सिर झुकाएर आफुहरुले समान गर्ने बताए ।

नेकपा एमाले लोकतन्त्रमा विश्वास गर्न जनताप्रति विश्वास गर्ने र जनताको सेवामा अझै अग्रसर भएर काम गर्ने र आफुहरुको विरुद्धमा जुन प्रकारको गठबन्धन भयो त्यसलाई जनताको साथ सहयोगलो प्ररास्त गरेर उभिएकोले यो चानचुने कुरा नभएको यसलाई सामान्य घट्नाकोरुपमा नलि पाचँ दल एकठाउँमा मिलेर आउँदा पनि एमालेले जनमत प्राप्त गरेको र यो सामान्य कुरा नभएको उनले बताएका छन् ।

उनले भने– हाम्रो देशमा हरेक हप्ता चाहि मूल्य वृद्धि भइरहेको छ, यो जनता माथि मतप्राप्त गरिसकेपछि निर्वाचनमा गरेका खर्च उँठाउने हिसाबले सत्ता गठबन्धनले जुन गरेको छ, यस्ता खालका ज्याएदितहरुलाई हामीले जनताको बिचमा लिएर जाने उनले बताए ।गठबन्धनको नेताहरुले राष्ट्र माथी खेलबाड गरेको र जनताको बिचमा छंलग देखिएको र एजेण्डा मिल्नेहरुसँग तालमेल हुने र माओवादीको मतबाट कांग्रेसले फाईदा लिएको उनले बताए ।

उनले भने– कांग्रेसले अहिले माओवादीलाई चाटेको भनेको गैंडाले माया गरेको र नयाँ समझदारीका आधारमा अगाडी बढ्न सकिन्छ त्यसको ढोका बन्द गर्नु हुदैन बामपन्थी जनमत जुन नेपालमा प्रकट भएको छ, यो निर्वाचनले जुन रोजाई प्रकट गरेको छ । फाईदा जति चाहि कांग्रेसलाई भएको छ, घाटा जति चाहि माओवादीलाई भएको छ १५ सिटको लागि आफनो सिद्धान्तलाई तिलान्जली दिएर कांग्रेसको गोटी बन्ने हो माओवादी जस्तो पार्टी, नेपाली कांग्रेसले ३ सय १५ स्थानमा अहिले सम्म जितिसकेको छ, त्यो मध्य ४० प्रतिशत ठाउँमा माओवादी केन्द्रको घोडा चढेर कांग्रेसले जितेको छ, ४० प्रतिशत ठाउँमा गठबन्धन भएर चाहि कांग्रेसले जितेको छ, यदि ४० प्रतिशत घटाइयो भने कांग्रेसको ६०\६२ सिटमा हुन्छ, कांग्रेसको सिट संख्या बढेको यसको पछाडि माओवादीको हात छ, उनले भने ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस