शुक्रबार, बैशाख ५, २०८२
  • होमपेज
  • समाचार
  • काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल विजयी
समाचार

काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भएकी छिन् । मतगणना गर्न अझै केही हजार मत बाँकी छन् । तर, गणना गर्न बाँकी मतभन्दा सुनिताले निकटतम प्रतिस्पर्धीसँग बनाएको अग्रता धेरै भएकोले उनी विजयी भइसकेकी छिन् । उनी विजयी भएको औपचारिक घोषणा हुनको लागि भने सबै मत गणना गर्नुपर्ने भएकोले अझै केही समय लाग्नेछ ।

काठमाडौंमा कुल खसेको करिब एक लाख ९१ हजार मतमध्ये उनले करिब ६० हजार मत पाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एसका रामेश्वर श्रेष्ठले करिब २० हजार मत पाएका छन् । उनीहरुबीच करिब ४० हजारको मतान्तर छ । अब गन्न २२ हजारभन्दा केही बढी मत मात्र बाँकी छ र बाँकी सबै भोट रामेश्वर श्रेष्ठले पाएको अवस्थामा पनि संगोल नै विजयी हुने पक्का छ ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस