शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • समाचार
  • अब भरतपुरमा जन्मिने छोरीलाई नि:शुल्क बीमा, ७ हजार लि नि:शुल्क खानेपानी
समाचार

अब भरतपुरमा जन्मिने छोरीलाई नि:शुल्क बीमा, ७ हजार लि नि:शुल्क खानेपानी

चितवन । भरतपुर महानगरपालिकाको नवनिर्वाचित प्रमुख रेनु दाहालले बुधबार विहान पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण गर्दै दाहालले दुई वटा महत्वपुर्ण निर्णय गर्नु भएको छ ।

उहाँले अब भरतपुरमा जन्मिने छोरीलाई नि:शुल्क बीमा गरिने पहिलो निर्णय गर्नु भयो भने भरतपुरभित्र ७ हजार लिसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निशुल्क गरिने बताउनुभयो ।

विज्ञापन

छोरीलाई गरिने बीमा रु एक लाखको १५ वर्ष अवधिको हुनेछ । त्यस्तै ७ हजार लिसम्म पिउने पानीको कुनै पनि शुल्क लाग्ने छैन । त्यस्तै महानगर प्रमुख दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्म खानेपानीको पहुच पुग्ने उल्लेख गर्नु भयो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस