चितवन । चितवनक्को रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण प्रक्रियालाई सरकारले अगाडि बढाउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आवका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी गराएकी हुन् । उनका अनुसार रंगशालाको अधुरो काम टुंगोमा पुर्याउन समन्वय र सहजीकरणको काम सरकारले गर्ने भएको छ ।
विज्ञापन
धुर्मुस सुन्तली फाउण्डेशनले सुरु गरेको रंगशालाको निर्माणको काम अहिले ठप्प रहेको छ । आर्थिक स्रोत जुटाउन नसकेपछि फाउण्डेशनले परियोजनाबाट हात झिकेको थियो । फाउण्डेशनले हात झिकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिएको छ ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु