On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख २९, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • देउवाको निष्कर्ष : प्रचण्डले शक्ति आर्जन गरे, ओली र माधव नेपाल मिल्न सक्दैनन्
समाचार

देउवाको निष्कर्ष : प्रचण्डले शक्ति आर्जन गरे, ओली र माधव नेपाल मिल्न सक्दैनन्

काठमाडौं। स्थानीय तह निर्वाचन अगाडि गठबन्धन गर्ने विषयमा सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसभित्र चर्को विरोध थियो। तर निर्वाचनको परिणामले गठबन्धन गर्दा कांग्रेसलाई फाइदा पुगेको प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले निष्कर्ष निकालेका छन्।

०७४ सालका दोस्रो दलमा सीमित रहेको कांग्रेसले त्यसको पाँच वर्षपछि पाँच दलीय गठबन्धन गरेर चुनावी फाइदा लिन सफल पनि भएको छ। बरु, गठबन्धनको विरोध गर्दै आएका नेता शेखर कोइराला र महामन्त्री गगन थापाको क्षेत्रमा भने कांग्रेसले कमजोर नतिजा ल्याएको छ।

विज्ञापन

महाममन्त्री थापाको निर्वाचन क्षेत्र गरेको बुढानिलकण्ढ नगरपालिकामा कांग्रेस पराजित भएको छ भने डा. शेखर कोइरालाको गृह जिल्ला मोरङमा पनि कांग्रेस दोस्रो दलमा सीमित भएको छ।

विज्ञापन

सभापति देउवाले भने गठबन्धन गरेर जाने पार्टीको निर्णय सही सावित भएको भन्दै अब प्रदेश र संघीय चुनावमा पनि गठबन्धन गरेर जानुपर्ने बताउन थालेका छन्। सभापति देउवाले आफू निकट नेताहरुसँग गठबन्धन सफल भएको र यसलाई प्रदेश र संघीय चुनावसम्मै निरन्तरता दिनुपर्ने बताएका छन्।

देउवा निकट स्रोतका अनुसार भरतपुर र पोखरामा गठबन्धनका उम्मेदवारले जित्ने निश्चित भएपछि देउवा हौसियका छन्। भरतपुरमा माओवादी अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहालले चुनाव जित्ने निश्चित भएको छ भने पोखरामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले चुनाव जित्ने निश्चित भएको छ।

‘यी दुई ठाउँमा गठबन्धनका उम्मेदवार पराजित हुने अवस्था आएाके भए गठबन्धनको भविष्य अन्धकार हुन्थ्यो, यी दुवै स्थानमा गठबन्धनका उम्मेदवारले चुनाव जित्ने भएपछि प्रधानमन्त्रीज्यू खुशी देखिनु भएको छ र अब गठबन्धनलाई प्रदेश र संघीय चुनावसम्मै लैजाने गरी गठबन्धनका नेतासँग छलफल गर्नुहुन्छ,’ देउवा निकट स्रोतले डिसी नेपालसँग भन्यो।

देउवाले भरतपुर र पोखरामा गठबन्धनका उम्मेदवारलाई एमालेले सहयोग गरेको निष्कर्ष पनि निकालेका छन्। पोखरामा कमजोर संगठन भएको एकीकृत समाजवादीलाई उम्मेदवार बनाउँदा कांग्रेस कार्यकर्ताले इमान्दारितका साथ मत दिएपनि जितका लागि त्यो प्रयाप्त नभएको तर एमालेले नै मत दिएर आचार्यलाई जित्न सहज बनाएको निष्कर्ष देउवाले निकालेका हुन्।

‘भरतपुर र पोखरामा गठबन्धनले चुनाव हारेको भए संघीय र प्रदेश निर्वाचनमा बाम गठबन्धन हुने चिन्ता प्रधानमन्त्रीमा थियो,’ निकट स्रोतले भन्यो, ‘तर यी दुई ठाउँमा गठबन्धनका उम्मेदवारले नै जित्ने अवस्था आएपछि अब बाम गठबन्धनको संभावना तत्कालका लागि टरेको हाम्रो बुझाइ छ।’

गठबन्धन गरेर माओवादीले शक्ति आर्जन गरेको तथा केपी ओली र माधव नेपाल तत्काल मिल्न सक्ने अवस्थामा नरहेको कांग्रेसको विश्लेषण छ। उता ओली र प्रचण्डबीचको सम्बन्ध निकै तिक्ततापूर्ण अवस्थामा पुगेको निष्कर्ष निकालेको कांग्रेसले प्रदेश र संघीय चुनावसम्म वर्तमान गठबन्धनलाई जोगाएर लैजाने रणनीति बनाएको हो।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस