भरतपुर।
भरतपुर महानगरमा अब करिब एक तिहाई भन्दा कम मत गणना हुन बाँकी रहेको छ । आज ९आइतबार० विहान ५ बजेसम्म ८८ हजार २ सय ८४ मतगणना भैसकेको छ । महानगरमा अब ३९ हजार ५ सय ४५ मत गणना हुन बाँकी देखिएको छ । महानगरका १० वटा वडाहरुको मतगणना बाँकी छन् ।
अहिले १८ र १९ वडाको मतगणना भैरहेको छ । वडा नम्बर १८ को ३ हजार ८ सय १५ मतगणना भैसकेको छ । वडा नम्बर १९ को १ हजार १ सय २ मत गणना भैसकेको छ । वडा नम्बर १८ र १९ को वडाध्यक्षमा एमालेका उम्मेदवार अगाडी छन् । १८ नम्बर वडामा एमालेका बाबुराम रानामगरले १ हजार ६ सय ६७, का्रग्रेसका सोमबहादुर तामाङले १ हजार ५ सय मत ल्याउनुभएको छ । वडा नम्बर १९ मा एमालेका ले ६ सय ५४, कांग्रेसका ले ३ सय ८७ मत ल्याउनुभएको छ ।
विज्ञापन
मेयर, उपमेयरमा सत्तागठबन्धनका उम्मेदवार फराकिलो मतान्तरले अगाडी छन् । मेयरमा माओवादी केन्द्रका उम्मेदवार रेनु दाहालले ७ हजार ३ सय १४, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १५ हजार २ सय ७२ मतान्तरले अगाडी हुनुहुन्छ ।
विज्ञापन
मेयरमा रेनु दाहालले ३४ हजार ६ सय ८४, एमालेका विजय सुवेदीले २७ हजार ३ सय ७०, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ७ सय २० मत ल्याउनुभएको छ । उपमेयरमा चित्रसेन अधिकारीले ३६ हजार ८ सय ९३, राप्रपाका हिमला गुरुङले २१ हजार ६ सय २१ मत ल्याउनुभएको छ ।
फेसबुक प्रतिक्रियाहरु