On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख १७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • उपमहानगर हाँक्ने जिम्मेवारी पाएकी पहिलो महिला
समाचार

उपमहानगर हाँक्ने जिम्मेवारी पाएकी पहिलो महिला

मीनाकुमारी लामा पहिलो महिला हुन्, जो हेटौंडा उपमहानगरपालिकाको मेयर बनेकी छन्।

सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी नेकपा (एकीकृत समाजवादी)की लामाले आफ्ना निकटतम् प्रतिष्पर्धी अनन्त पौडेललाई दुई हजारभन्दा बढी मतको अन्तरले हराएकी हुन्। पौडेलले मतगणना नसकिँदै लामालाई भेटेर बधाई दिएका थिए।

विज्ञापन

 

विज्ञापन

लामा हेटौंडाको मात्रै होइन, देशका ११ उपमहानगरमा मेयर जित्ने पहिलो महिला हुन्।

२०७४ मा भएको निर्वाचनमा उपमाहानगरमा महिलाहरू उपमेयरमै सीमित भएका थिए। मीनाकुमारी पनि त्यतिबेला उपमेयर भएकी थिइन्। यसपटक त दलहरूबीच गठबन्धन बनेका कारण कतिपय उपमहागरमा मेयर, उपमेयर नै पुरूष हुने धेरै सम्भावना छ।

यसपालि ११ उपमहानगरमध्ये तीन वटाको मेयरमा महिला उम्मेदवार थिए। तीमध्ये बाराको जितपुर-सिमराको मेयरमा उठेकी एमालेकी सरस्वती चौधरी पराजित भइसकेकी छन् भने धरानकी एमाले उम्मेदवार मन्जु भण्डारी मतगणनामा पछि परेकी छन्।

मीनाकुमारीले भने इतिहास रच्ने अवसर पाएकी छन्।

 

‘उहाँहरूले महिलालाई सम्मान दिनुभएको छ। आमाको भूमिकामा हेटौंडाबासीको सेवा गर्ने मौका दिनुभएको छ। मैले यो जिम्मवारी पूरा गर्छु,’ उनले भनिन्,’नागरिकले सेवा खोज्छ। कसले समाजमा काम गरिरहेको छ भनेर हेर्छ। आम नागरिकले घर दैलोमा आउन नेता खोज्छ। त्यो मैले उपमेयर हुँदा भूमिका निर्वाह गरेको छु। अब झनै राम्रो गर्ने प्रयास गर्छु।’

पार्टीको विश्वास र गठबन्धनको पूर्ण सहयोगले आफूले निर्वाचन जितेको उनले बताइन्। उनले आफ्नो जितलाई सत्ता गठबन्धनको ठूलो उपलब्धी भएको बताइन्।

उनका लागि एउटा संयोग परेको छ। मीनाकुमारीले जुन दललाई २०७४ मा हेटौंडामा हराएकी थिइन्। अहिले उनीहरूकै सहयोगमा चुनाव जितेकी छन्।

२०७४ सालमा हेटौंडामा कांग्रेस र माओवादी केन्द्रको तालमेल भएको थियो। मेयर कांग्रेसले लिएको थियो भने माओवादी केन्द्रले उपमेयरको लिएको थियो।

एमालेले गठबन्धनका दुबै उम्मेदवारलाई हरायो। कांग्रेस र माओवादीका संयुक्त उम्मेदवारलाई उपमेयरमा हराउन सफल भएकी मीनाकुमारी लामा यसपटक हेटौंडाको मेयर बनेकी छन्।

२०७४ मा हेटौंडाको उपमेयरमा कांग्रेस र माओवादी गठबन्धनका उम्मेदवारले १७ हजार ११ मत ल्याउँदा लामाले २३ हजार ४ सय ३७ मत पाएकी थिइन्।

एमाले विभाजन भएपछि उनले नेकपा एकीकृत समाजावादी रोजिन्। सत्ता गठबन्धनमा रहेका दलहरूबीच महानगरपालिका र उपमहानगरपालिकामा तालमेलको भागबन्डा भएसँगै हेटौंडा नेकपा एकीकृत समाजवादीको भागमा पर्‍यो। पार्टीले उनलाई उम्मेदवार बनायो। उनी एकीकृत समाजवादी मकवानपुरकी उपाध्यक्ष समेत हुन्।

२०४६ सालमा अनेरास्ववियुमा आवद्ध भएकी लामा २०५२ मा जिल्ला कोषाध्यक्ष बनेकी थिइन्। उनले अखिल नेपाल महिला संघको जिल्ला सचिव भएरसमेत काम गरिसकेकी छन्।

समाजशास्त्रमा स्नातकोत्तर गरेकी लामा मध्यम वर्गीय परिवारकी हुन्। उनका दुई छोराछोरी छन्। घर परिवारको साथ र सहयोगले राजनीतिमा अघि बढ्न सजिलो भएको उनले बताइन्। छोराछोरी हुर्काउँदै राजनीति गर्न सहज नहुने उनको अनुभव छ।

संविधानको रक्षाका लागि आफूहरूले पार्टीबाट विद्रोह गरेको भन्दै उनले हेटौंडाका जनताले यसलाई अनुमोदन गरेकोसमेत बताइन्।

‘संविधान रक्षाको लागि हामी गठबन्धनमा लाग्यौं। त्यो गठबन्धन राष्ट्र र राष्ट्रियताको लागि संविधानको रक्षाको लागि बनेको हो। त्यसकै लागि हामीले विद्रोह गर्‍यौं,’ उनले भनिन्,’हाम्रो पार्टीले समाजवाद उन्मुख जुन उद्देश्य लिएको छ त्यसकै लागि मैले काम गर्छु। गठबन्धनमा रहेका दल र बाहिर रहेका दललाई समेत विश्वासमा लिएर काम गर्छु।’

उपमहानगरले दिने सेवा सर्वसुलभ र विद्युतीय माध्यमबाट दिनका लागि आफूले प्राथमिकता दिने उनले बताइन्। सेवा प्रवाहलाई सर्वसुलभ गराउने र विकास निर्माणको काममा प्राधिकरण स्थापना गरेर पूर्वाधारको विकास गर्ने उनको योजना छ।

‘सामाजिक रूपान्तरण मेरो प्राथमिकता हो। ६ महिनाभित्र बालमैत्री नगर ६ घोषणा गर्ने र नगरस्तरीय महिला परिषद् गठन गर्छौं,’ उनले भनिन्,’प्रत्येक वडामा चिकित्सकको सुविधा अनि शिक्षाको सुधारदेखि लिएर तत्काल सीमान्तकृत वर्गको सुविधामा मैले ध्यान दिन्छु। कृषि र पशु पालनलाई प्राथमिकतामा राख्दै युवा र महिलालाई उत्पादनसँग जोड्ने काम हुन्छ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस