शुक्रबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • समाचार
  • माओवादीले जित्यो १११ पालिकाको प्रमुख
समाचार

माओवादीले जित्यो १११ पालिकाको प्रमुख

Renu Dahal

काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले हालसम्म १११ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ। मतगणना सम्पन्न भएका पालिकामध्ये माओवादीले तेस्रो ठूलो संख्यामा विजय प्राप्त गरेको छ।

नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारपछि माओवादीका उम्मेदवार बढी पालिकामा विजयी बनेका छन्। निर्वाचन आयोगका अनुसार हाल मतगणना भइरहेका पालिकामध्ये १२ वटाको प्रमुख तथा अध्यक्षमा माओवादीको उम्मेदवारले अग्रता लिइरहेका छन्।

विज्ञापन

आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै पालिकामा एकसाथ निर्वाचन गरेको थियो । निर्वाचन भएकामध्ये हालसम्म ६३५ वटा पालिकामा मतगणना सम्पन्न भइसकेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस