सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुरमा रेनुले झन् बढाइन् अग्रता, एमालेको मत पनि उनैलाई
समाचार

भरतपुरमा रेनुले झन् बढाइन् अग्रता, एमालेको मत पनि उनैलाई

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालको अग्रता झन बढ्न थालेको छ। उनी ३३ सयभन्दा बढी अन्तरले अगाडि छिन्।

पछिल्लो पटक ४६ हजार ८ सय ९९ मत गणना हुँदा प्रमुखमा रेनुले १७ हजार ७ सय ९४ मत ल्याएकी छन्।

विज्ञापन

नेकपा एमालेका विजय सुवेदीले १४ हजार ४ सय ८१ मत पाएर पछ्याइरहेका छन्।

विज्ञापन

कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले ७ हजार १ सय ९८ मत ल्याएका छन्।

अहिले वडा नम्बर  १० र ११ को मतगणना भइरहेको छ। १० र ११ एमालेको प्रभाव रहेको वडा हुन्।

पछिल्लो पटक सार्वजनिक मत परिणाम हेर्दा वडाध्यक्षमा एमालेलाई मत दिएका मतदाताले पनि प्रमुख पदमा भने रेनुलाई मत दिएको देखिन्छ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस