चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालको अग्रता झन बढ्न थालेको छ। उनी ३३ सयभन्दा बढी अन्तरले अगाडि छिन्।
पछिल्लो पटक ४६ हजार ८ सय ९९ मत गणना हुँदा प्रमुखमा रेनुले १७ हजार ७ सय ९४ मत ल्याएकी छन्।
विज्ञापन
नेकपा एमालेका विजय सुवेदीले १४ हजार ४ सय ८१ मत पाएर पछ्याइरहेका छन्।
विज्ञापन
कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले ७ हजार १ सय ९८ मत ल्याएका छन्।
अहिले वडा नम्बर १० र ११ को मतगणना भइरहेको छ। १० र ११ एमालेको प्रभाव रहेको वडा हुन्।
पछिल्लो पटक सार्वजनिक मत परिणाम हेर्दा वडाध्यक्षमा एमालेलाई मत दिएका मतदाताले पनि प्रमुख पदमा भने रेनुलाई मत दिएको देखिन्छ।
फेसबुक प्रतिक्रियाहरु