सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुरमा रेनु दाहालको अग्रता बढ्दो
समाचार

भरतपुरमा रेनु दाहालको अग्रता बढ्दो

चितवन । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको अग्रता कायमै छ । उनले ५७१८ मत ल्याउँदा एमालेका विजय सुवेदीको ५६८८ मत रहेको छ । दुईजनाबीच ३० मतको अन्तर छ ।

 

विज्ञापन

अहिलेसम्म १७०३४ मत गनिसकिएको छ ।

विज्ञापन

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २७८८मत ल्याएका छन् ।

 

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ६९८२ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङ ४६२८ मत ल्याएर पछ्याइरहेकी छन् ।

यस्तै भरतपुर महानगरपालिका वडा नं। ४ को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट नेपाली कांग्रेस उमेद्वार अर्पण पोखरेल विजयी भएका छन् ।पोखरेलले प्रतिद्वन्द्वी नेकपा एमालेका उमेद्वार भानुभक्त सापकोटालाई फराकिलो मतान्तरले हराएका हुन् ।

यसअघिको निर्वाचनमा यस वार्डमा एमालेका हरि आचार्यले कांग्रेसका उमेद्वारलाई ७ मतले पराजित गरेका थिए ।यो सगै भरतपुरको अहिले सम्म चार वार्डको मतगणना सकिएको छ ।अहिले सम्म नेपाली कांग्रेसले वडा न। १ ,२ र ४ गरेर तिनवटा वार्ड जितेको छ भने एमालेले वडा न। ३ जितेको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस