मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुर -४ मा सोचेजस्तो भोट ल्याउन सकेन एमालेले, राप्रपाले धोका दिएको आरोप
समाचार

भरतपुर -४ मा सोचेजस्तो भोट ल्याउन सकेन एमालेले, राप्रपाले धोका दिएको आरोप

भरतपुर महानगरपालिकाको चौथो वडाको मतगणना सकिनै लागेको छ। वडा नम्बर ४ मा कहिले रेनु दाहाल त कहिले विजय सुवेदीले अग्रता लिइरहेका छन्।

गत निर्वाचनमा यो वडामा दाहालले एमालेका देविप्रसाद ज्ञवालीले भन्दा ६५ बढी भोट ल्याएकी थिइन्।

विज्ञापन

यसपालि वडा नम्बर ३ को गणना सकिँदा ५० भोटको अग्रता लिएका सुवेदीले ४ नम्बरमा त्यो अग्रता फराकिलो बन्ने आशा एमालेको थियो। तर त्यसो हुन सकेन।

विज्ञापन

वडा नम्बर ४ मा एमालेसँग तालमेल गरेको दल राप्रपाका मतदाताले नै धोका दिए। वडा नम्बर ४ मा राप्रपाका करिब २ सय मतदाताले मेयरमा दाहाललाई भोट हालेको पाइएको गणनामा खटिएका एक कर्मचारीले बताए।

यसले नेकपा एमालेका नेताहरूलाई झस्काएको छ। मेयरका उम्मेदवार विजय सुवेदीले वडा नम्बर ४ मा सोचेजस्तो भोट नआएको बताए। उनले तालमेल गरेको दलका मतदातालाई गठबन्धनले प्रभावमा पारेको जस्तो देखिएको बताए।

एमालेका नेता कृष्णभक्त पोखरेलले पनि सोचेजस्तो भोट कुनै वडामा पनि नआएको बताए।

एमालेले राप्रपासँग तालमेल गरेपछि गठबन्धनका नेताहरू राप्रपाको प्रभाव क्षेत्रमा पुगेर मतदातालाई आफ्नो पक्षमा ल्याउन प्रयास गरेको स्रोतले बतायो।

‘त्यही प्रयासले यो वडामा काम गर्‍यो,’ उक्त स्रोतले  भन्यो, ‘अरू वडामा पनि त्यस्तै प्रयास भएका थिए। नतिजा कस्तो आउँछ हेर्दै जाऔं।’

माओवादी केन्द्रका नेता नारायण दाहालले चार वडामा आएको मत अपेक्षा गरेभन्दा फरक भएको बताए।

‘हामीलाई त एमालेले १ बाट पनि केही लिड गर्ला, २ मा त २-३ सय न‌ै लिड हुन पनि सक्छ, ३ र ४ मा पनि उसको राम्रै होला भन्ने थियो तर त्यस्तो केही देखिएन,’ उनले भने, ‘अब त केही वडा बाहेकमा गठबन्धनले राम्रो मत ल्याउँछ।’

उनले जगन्नाथ पौडेलले वडा नम्बर ४ मा अझै धेरै भोट ल्याउलान् भन्ने सोचेको बताए।

‘उहाँको भोट पनि त्यति राम्रो देखिएन। अब ६, ७ र १५ नम्बरमा केही प्रभाव देखिन सक्छ नत्र हामीलाई अन्त सहजै हुन्छ जस्तो लाग्छ,’ दाहालले भने।

गत निर्वाचनमा यो वडामा एमालेले कांग्रेसलाई ७ भ‍ोटले हराएको थियो। वडाध्यक्षमा कांग्रेसको १ हजार ७ सय १३ मत आउँदा एमालेका हरि आचार्यले १ हजार ७ सय २० पाएका थिए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस