काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहको मत पाँच हजार नाघेको छ।
सोमबार बिहान १३ हजार ७१४ मतपत्रको गणना सम्पन्न हुँदा उनको मत ५ हजार नाघेको हो।
विज्ञापन
सोमबार बिहान ४ बजे प्राप्त मत परिणामअनुसार बालेन्द्रले ५ हजार २१४ मत पाएका छन्। उनलाई नेकपा एमालेका
केशव स्थापितले २ हजार ८३२ मतका साथ पछ्याइरहेका छन्।
विज्ञापन
नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह २ हजार ४७० मतसहित तेस्रो स्थानमा छन्।
काठमाडौँका २, ३, ४, ३१ र ३२ नम्बर वडामा खसेको मतपत्रको गणना चलिरहेको छ।
फेसबुक प्रतिक्रियाहरु